काठमाडौँ- रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी नरपुरा बुढा विजयी भएकी छन्।
कांग्रेस-एमाले गठबन्धनकी उम्मेदवार एमालेकी केशकुरमारी तुलाचनलाई पराजित गर्दै बुढा निर्वाचित भएकी हुन्।
बुढाले ३६२७ मत ल्याउँदा एमालेकी तुलाचनले २१२८ मत मात्र पाइन्।
एमालेकी तुलाचन कांग्रेसको चुनाव चिह्न रुख लिएर प्रतिस्पर्धामा थिइन्।
यसअघि २०७९ मा माओवादीबाट निर्वाचित भूपेन्द्रा बुढाको दुर्घटनामा निधन भएपछि उपनिर्वाचन भएको हो।
त्यसबेला पनि यहाँ कांग्रेस-एमाले गठबन्धनलाई पराजित गर्दै भूपेन्द्रा विजयी भएकी थिइन्।


