काठमाडौंँ– वर्ल्डलिङ्क कम्युनिकेसन लिमिटेडले आफ्नो २५ वर्षे दुवै (नेटवर्क सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायक) लाइसन्सहरु नवीकरण गरेसँगै थप विश्वसनीय भएको छ।
धन्यवाद ज्ञापन पत्रमार्फत कम्पनीले लाइसन्सहरु प्राप्त भएसँगै विश्वास गर्ने ग्राहकहरूप्रति कृतज्ञता जनाएको छ।
‘वर्ल्डलिङ्क कम्युनिकेसन लि. विगतदेखि मर्मत सम्भार शुल्क सम्बन्धी मुद्दामा संवैधानिक हकको उपयोग गर्दै कानुनी प्रक्रियामा संलग्न रहेको र आगामी दिनहरूमा पनि आफ्नो संवैधानिक हकको पूर्ण रूपमा प्रयोग गर्न सक्ने कुरा यहाँहरूलाई सर्वविदित नै छ,’ कम्पनीले भनेको छ, ‘उपरोक्त मुद्दामा सम्मानित सर्वोच्च अदालतको निर्णय आएसँगै यो मुद्दाको एउटा मात्र कडी समाप्त भएको छ।’
अदालतको निर्णयलाई सम्मान गर्दै वर्ल्डलिङ्कले आफ्नो कानुनी दायित्व पुरा गरेको जनाएको छ। यो लामो कानुनी प्रक्रियामा संस्थालाई सहयोग गर्ने र भरोसा गर्नेहरूलाई वर्ल्डलिङ्कले धन्यवाद दिएको छ।


