गोरखा- चार दिनदेखि सम्पर्कविहीन बारपाक सुलिकोट गाउँपालिका- १, बारपाककी एक किशोरीको शव फेला परेको छ।
यही मङ्सिर १५ गते शनिबार घाँस काट्न भनेर जङ्गल गएकी १८ वर्षीया सुचिना घलेको शव मंगलबार गाडिएको अवस्थामा भेटिएको हो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीका अनुसार सुचिना जङ्गलबाट घर नफर्किएपछि आफन्तले खोजीका लागि प्रहरीलाई जानकारी गराएका थिए।
स्थानीय मैखर्कको जङ्गलमा खाल्डोमा पुरिएको अवस्थामा सुचिनाको शव फेला पारेको सुवेदीले बताए।
घटनास्थल नजिकै डोको, रगत र कपालसमेत भेटिएको प्रहरीको भनाइ छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


