काठमाडौँ- भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक बिहीबार नेपाल आउन भएका छन्। भारत भ्रमणमा जान लागेकाले ट्रान्जिटका लागि मात्र उनी नेपाल आउन लागेको बताइएको छ।
भुटानी राजा नेपाल आउने भएपछि विमानस्थलको सुरक्षा व्यवस्था कडा बनाइएको छ। यद्यपि उनी एक घण्टा नेपालमा रहे पनि कसैसँग औपचारिक भेटघाटको कार्यक्रम नरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार उनीसँग औपचारिक भेटघाटको कार्यक्रम छैन।
भुटानी राजा जिग्मेको भ्रमणबारे भारतको विदेश मन्त्रालयले औपचारिक घोषणा गरिसकेको छ।
भुटानी राजा जिग्मे र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ताको कार्यक्रम छ।
जिग्मे शुक्रवार स्वदेश फर्किनेछन्।
पूर्वराजा ज्ञानेन्द्र शाहले गत असोजमा भुटानको भ्रमण गरेका थिए। भ्रमणको क्रममा भुटानले ज्ञानेन्द्रलाई राजकीय सम्मान दिएको थियो।


