२०८३ कार्तिक २६ गते बुधबार

काभ्रेमा बाढीपहिरोले बगाएका ६ जना अझै भेटिएनन्, मृतकसरह क्षतिपूर्ति

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर २०
ROSHI_FLOOD_NEPAL PHOTO LIBRARY4

काभ्रेपलाञ्चोक- असोज दोस्रो साताको बाढीपहिरोमा बेपत्ता भएकाको परिवारलाई मृतकसरह राहत दिइने भएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको बिहीबार सम्पन्न बैठकले उक्त निर्णय गर्दै जिल्लामा बेपत्ता छ जनाको परिवारलाई राहत रकम उपलब्ध गराउने जनाएको हो।

विसं २०८१ असार ३१ गते मन्त्रिपरिषद्को बैठकमा बाढीपहिरोमा बेपत्ता भई १० दिनसम्म फेला पर्न नसकेका तर यकीन भएकाको हकमा मृत्यु भए सरह राहत रकम उपलब्ध गराउने निर्णयअनुसार समितिले उक्त निर्णय गरेको हो।

समितिका अनुसार उक्त बाढीपहिरोको घटनामा बेपत्ता हुनेमा तेमाल गाउँपालिका–२ की ६ वर्षीया अप्रिया तामाङ र ३ वर्षीया प्रिया तामाङ, चौरीदेउराली गाउँपालिका–६ की ४० वर्षीया शान्ता रिमाल, धुलिखेल नगरपालिका–८ की ४२ वर्षीया गीता श्रेष्ठ, बेथानचोक गाउँपालिका–४ की ज्ञानु परियार र खानीखोला गाउँपालिका–६ की देवीमाया स्याङ्गतान रहेका छन्।

बेपत्ताका परिवारलाई प्रतिमृतक रु दुई लाखका दरले सङ्घीय सरकार तथा प्रदेश सरकारसमेतले राहत रकम उपलब्ध गराउने निर्णय गरिएको समितिको संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।

बाढीपहिरोबाट जिल्लाका ७९ जनाको मृत्यु भएको थियो। जिल्ला प्रशासन कार्यालयको प्रारम्भिक विवरणअनुसार जिल्लामा दुई हजार आठ सय ४४ घर पूर्ण र छ हजार ४६ घरमा आंशिक क्षति पुगेको छ।

त्यस्तै, तीन हजारदेखि तीन हजार पाँच सय घर पुनःनिर्माण गर्नुपर्ने देखिएको प्रारम्भिक विवरणमा उल्लेख छ। ३० भन्दा बढी सरकारी भवन, तथा सोही सङ्ख्यामा सार्वजनिक भवन पूर्णरुपमा क्षति भएको जनाइएको छ।

यसैबीच बाढीपहिरोको घटना भएको दुई महिना बितिसक्दासम्म स्थानीय तहले विपद्को तथ्याङ्क उपलब्ध नगराएकाले अबको १० दिनभित्र स्थानीय विपद् व्यवस्थापन समितिमार्फत तथ्याङ्क उपलब्ध गराउन अनुरोध गर्ने निर्णयसमेत बैठकले गरेको छ।

तथ्याङ्क उपलब्ध भए लगत्तै रु १५ हजार र रु २० हजारका दरले तत्काल उपलब्ध गराउनुपर्ने अस्थायी राहत रकम उपलब्ध गराइने ढकालले बताउनुभयो। समितिले तथ्याङ्क अध्यावधिक गर्न सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलको संयोजकत्वमा एक समिति गठन गरेको छ।

समितिले जाडोको मौसम सुरु भइसकेकाले बाढीपीडितका लागि न्यानो कपडालगायतका सामग्री उपलब्ध गराउने, बाढीले बगाएको तथा ढलेर अलपत्र अवस्थाका रुख व्यवस्थापनका लागि सरोकारवाला निकायसँग कानुनी प्रक्रियाअघि बढाउने, बनेपा र धुलिखेल नगरपालिका अझै संकटग्रस्त क्षेत्र घोषणा नभएकाले तत्कालै घोषणाका लागि सरकारसँग अनुरोध गर्ने लगायतका निर्णय गरेको छ।

प्रकाशित: २०८१ मङ्सिर २० गते बिहिबार ०९:४५
प्रतिक्रिया

थप समाचार

कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन, चार लाखभन्दा बढी आम्दानी

बाँके: कृषिमा स्नातक पढ्दै गरेका तीन युवाले नेपालगन्जमा व्यावसायिक फूलखेती गरेर तिहारका लागि ११ क्विन्टल फूल उत्पादन गरी बेचबिखन गरेका छन्। त्यसबाट उनीहरूले फूल बिक्री गरेर रु चार लाखभन्दा...

भाइटीकाको शुभसाइत कति बेला? कता फर्किने?

काठमाडौँः नेपाली तथा हिन्दु धर्मावलम्बीहरूको ठूलो पर्व दीपावलीको आज अन्तिम दिन भाइटीका मनाइँदैछ। यमपञ्चकको पाँचौँ दिन अर्थात् कार्तिक शुक्ल द्वितीयाका यमुनाले आफ्ना दाजु यमराजलाई विशेष...

‘नरमाइलो’ लाग्छ तिहार

‘टिभीमा तिहारका गीत बज्दा आँखाबाट आँसु आउन थाल्छ, च्यानल बदलिहाल्छु,’

महँगीको असर मिठाई बजारमा, ग्राहक बढे पनि व्यापार खुम्चियो

काठमाडौँ: तिहारमा मिठाईको उपभोग गर्ने उपभोक्ताको संख्या बढे पनि खरिद गर्ने परिमाण भने घटेको मिठाई व्यवसायीहरूले बताएका छन्। विगतका वर्षमा चाडपर्वका बेला मिठाईको व्यापार बढ्ने गरेको भए पनि...

कोप-३१ मा पर्वत र जलवायुलाई छुट्टै एजेन्डा बनाउन नेपालको प्रस्ताव

नेपाल र भुटानले कोप ३१ मा पर्वत र जलवायु परिवर्तनलाई छुट्टै एजेन्डाका रूपमा अघि सार्न संयुक्त प्रस्ताव पेस गर्ने सहमति गरेका थिए। तर, टर्कीको अन्ताल्यामा चलिरहेको सम्मेलनमा किर्गिस्तान, नेपाल...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
foto
कर्पोरेट

सानिमा ग्रुपले सञ्चालन गरिरहेको तल्लो लिखु जलविद्युत आयोजना पाँचौं वर्षमा

काठमाडौं। सानिमा ग्रुपले निर्माण तथा सञ्चालन गरिरहेको २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनाले व्यावसायिक विद्युत उत्पादन सञ्चालनको चार वर्ष पूरा गरी पाँचौँ वर्षमा प्रवेश गरेको छ। आयोजना...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना