झापा– प्रधानमन्त्री एवम् नेकपा एमालेका केपी शर्मा ओलीले देश चलाउन सहकारी ठगेजस्तो सजिलो नहुने बताएका छन्।
आफ्नै गृहनगर दमकमा निर्मित १८ तले भ्युटावरको उद्घाटनपछि ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति इंगित गर्दै भने, ‘देश चलाउन सिद्धान्त, नीति, संकल्प र अठोट चाहिन्छ, सहकारी ठगेजस्तो सजिलो कहाँ छ र!’
प्रधानमन्त्री ओलीले दमक व्यापारिक कम्प्लेक्स नयाँ किसिमको विकास मोडेल भएको पनि जिकिर गरे।
सय मिटर अग्लो र १८ तले कम्प्लेक्सबाट रोजगारीसँगै पर्यटन विकासको सम्भावनाको ढोका खुलेको उनको दाबी थियो ।


