मस्को- सिरियाली राष्ट्रपति बसर अल असद रुसको मस्को पुगेकाछन्।
रुसी विश्व च्यानल आरटीका अनुसार असद र उनको परिवार मस्को पुगेका हुन्।
सिरियाली विद्रोही समूह जिहादीको कब्जामा पुगेपछि असद जहाज चढेर भागेका थिए।
विद्रीहीले उनको जहाज खसालेको दाबी गरेका थिए। तर उक्त दाबी निराधार रहेको पुष्टि भएको छ।
राष्ट्रपति असदले देश छोडेर भागे पनि प्रधानमन्त्रीले जिहादीसँग मिलेर काम गर्ने बताएका थिए।


