२०८३ कार्तिक १८ गते मङ्गलबार

भातृसंस्थाको महाधिवेशन गराउन देउवाले बनाए १० निर्देशक समिति

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर २६
deuba

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी विधान बमोजिम विभिन्न भ्रातृ संस्थाको महाधिवेशन सम्पन्न गर्न १० वटा निर्देशन समिति बनाएका छन्।

कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार सभापति देउवाले नेपाल विद्यार्थी संघ, नेपाल तरूण दल, नेपाल महिला संघ, नेपाल किसान महासंघ, नेपाल दलित संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ र नेपाल थारू संघको महाधिवेशनका लागि केन्द्रीय निर्देशन समिति गठन गरेका हुन्।

२०८१ चैत्र मसान्तसम्ममा अनिवार्य रूपमा ती संस्थाहरूको महाधिवेशन सम्पन्न गर्न विद्यमान तदर्थ समितिलाई समन्वय र सहयोग गर्दै आवश्यक निर्देशन समेत गर्न कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम भ्रातृ संस्थाहरूको “महाधिवेशन केन्द्रीय निर्देशन समिति” गठन गरेको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

जसमा नेपाल दलित सङ्घ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजक सहमहामन्त्री जीवन परियार, नेपाल महिला सङ्घ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजक डा.प्रकाशशरण महत,नेपाल किसान महासङ्घको संयोजकमा केन्द्रीय सदस्य रमेश रिजाल नेपाल भूतपूर्व सैनिक सङ्घको संयोजक केन्द्रीय सदस्य एनपी साउद तोकिएका छन् ।

त्यसैगरी नेपाल लोकतान्त्रिक खेलकूद सङ्घ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा मोहनबहादुर बस्नेत, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा मधु आचार्य,नेपाल थारु सङ्घ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा उदयशम्शेर राणा र नेपाल प्रजातन्त्र सेनानी सङ्घ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा गोविन्दराज पोखरेल तोकिएका छन् । प्रत्येक समितिमा २ जना सदस्य रहेका छन्।

नेपाल तरूण दल र नेपाल विद्यार्थी संघको महाधिवेशन केन्द्रीय निर्देशन समिति गत २०८१ असोज १६ गते गठन गरिएको थियो। नेपाल महिला संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिमा देउवाले संशोधन गरेका छन्।

नेपाल दलित संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति
१. सहमहामन्त्री श्री जीवन परियार — संयोजक
२. केन्द्रीय सदस्य श्री लक्ष्मी परियार — सदस्य
३. केन्द्रीय सदस्य श्री शान्ति परियार वि.क. — सदस्य

नेपाल महिला संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति (संशोधन गरिएको)
१. प्रवक्ता डा. प्रकाशशरण महत — संयोजक
२. केन्द्रीय सदस्य श्री पुष्पा भुसाल — सदस्य
३. केन्द्रीय सदस्य श्री रुक्मिणी कोइराला — सदस्य

(यसअघि सहमहामन्त्री श्री उमाकान्त चौधरीलाई यो समितिको संयोजक बनाइएको थियो।)

नेपाल किसान महासंघ महाधिवेशन केन्द्रीय निर्देशन समिति
१. केन्द्रीय सदस्य श्री रमेश रिजाल — संयोजक
२. केन्द्रीय सदस्य श्री राजेन्द्रकुमार के.सी. — सदस्य
३. केन्द्रीय सदस्य श्री अञ्जनी श्रेष्ठ — सदस्य

नेपाल भूतपूर्व सैनिक संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति
१. केन्द्रीय सदस्य श्री एन.पी. साउद — संयोजक
२. केन्द्रीय सदस्य श्री टेकप्रसाद गुरुङ — सदस्य
३. केन्द्रीय सदस्य श्री महेन्द्रकुमारी लिम्बू — सदस्य

नेपाल लोकतान्त्रिक खेलकूद संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति
१. केन्द्रीय सदस्य श्री मोहनबहादुर बस्नेत — संयोजक
२. केन्द्रीय सदस्य श्री उमेशजंग रायमाझी — सदस्य
३. केन्द्रीय सदस्य श्री गणेश लामा — सदस्य

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति
१. केन्द्रीय सदस्य श्री मधु आचार्य — संयोजक
२. केन्द्रीय सदस्य श्री सरस्वती बजिमय — सदस्य
३. केन्द्रीय सदस्य श्री मदनकृष्ण श्रेष्ठ — सदस्य

नेपाल थारू संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति
१. केन्द्रीय सदस्य श्री उदयशम्शेर राणा — संयोजक
२. केन्द्रीय सदस्य डा. गोपाल दहित — सदस्य
३. केन्द्रीय सदस्य श्री योगेन्द्र चौधरी — सदस्य

नेपाल प्रजातन्त्र सेनानी संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति
१. केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोखरेल — संयोजक
२. केन्द्रीय सदस्य श्री मुक्ताकुमारी यादव — सदस्य
३. केन्द्रीय सदस्य श्री कान्तिका सैजुवाल — सदस्य

नेपाल तरुण दल महाधिवेशन केन्द्रीय निर्देशन समिति
१. सहमहामन्त्री श्री महालक्ष्मी उपाध्याय ‘डिना’ — संयोजक
२. केन्द्रीय सदस्य श्री सरिता प्रसाई — सदस्य
३. केन्द्रीय सदस्य श्री जीतजंग बस्नेत — सदस्य

नेपाल विद्यार्थी संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति
१. सहमहामन्त्री श्री किशोर सिंह राठौर — संयोजक
२. केन्द्रीय सदस्य श्री राजिव ढुंगाना — सदस्य
३. केन्द्रीय सदस्य श्री प्रतिमा गौतम — सदस्य

प्रकाशित: २०८१ मङ्सिर २६ गते बुधबार ०५:१५
प्रतिक्रिया

थप समाचार

सरकारको कार्यशैलीमाथि गगन थापाले उठाए प्रश्नै प्रश्न

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न...

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना