२०८३ कार्तिक २६ गते बुधबार

चितवनविरुद्ध विराटनगरले निकाल्यो ५१ रनको जित

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर २८
Biratnagar vs Chitwan_Nepal Photo Library3

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)मा शुक्रबार भएको खेलमा चितवन राइनोजविरुद्ध विराटनगरले ५१ रनको जित निकालेको छ।

१८२ रनको लक्ष्य पाएको चितवनले ६ विकेट गुमाएर १३० रनमा सीमित भएपछि विराटनगले फराकिलो जित दर्ता गरेको हो।

विराटनगरका लागि बसिर अहमदले  ४४ बलमा ४ चौका र ४ छक्का प्रहार गरी ६८ रन बनाएर नटआउट रहे। मार्टिन गुप्टिलले ४५ रन बनाउँदा राजेश पुलामीले ३३ रन जोडेका थिए।

चितवनका रिजन ढकालले २ विकेट लिँदा बसिल हमीद, सोयाइल तनवीर र कुशल मल्लले एकएक विकेट लिएका थिए।

चितवनका लागि अमर रौतेलाले ४२ रन, सन्तोष कार्कीले २८, कप्तान कुशल मल्लले २५ र रवि बोपाराले २० रन जोडेका थिए।

यता विराटनगरका लागि कप्तान सन्दिप लामिछानेले दुई विकेट लिँदा, बसिर अहमद, सुवास भण्डारी, क्रिस सोल र लोकेश बमले समान एक-एक विकेट हात पारे।

विराटनगरका बसिरले एकै बलमा कसरी बनाए १५ रन?
खेलमा  विराटनगरका बसिर अहमदले एकै बलमा १५ रन बनाए। एनपीएलमा एकै बलमा सबैभन्दा बढी रन जोडेर कीर्तिमान बनाएका हुन्। चितवनका बलर अमर सिंह राउटेलाको ओभरमा विराटनगरका बसिरले एकै बलमा १५ रन बनाएका हुन्।

खेलको ११औं ओभरमा बलिङ गर्न आएका राउटेलाको बलमा बसिरले छक्का हाने। उक्त बल ‘नो बल’ भयो। यसरी उनले ७ रन जोडिसकेका थिए। नो बल बनेपछि राउटेलाले फेरि बलिङ गर्नुपर्ने भयो। त्यसमा बसिरले २ रन बनाइदिए। तर फेरि ‘नो बल’ भयो । ‘नो बल’ हुँदा कुल ३ रन आयो। यसरी १० रन पुगिसकेको थियो। राउटेलाले फेरि बल फाल्नुपर्‍यो। त्यो बल पनि ‘नो बल’ हुँदा १ रन आयो। यसरी ११ रन बनिसकेको थियो। ३ पटक ‘नो बल’ फालेपछि फेरि राउटेलाले गरेको लेगल डेलिभरीमा बसिरले चौका पड्काए। यसरी एउटै बलका लागि राउटेलाले चार पटक बलिङ गर्नपुर्‍यो। एकै बलमा बसिरले १५ रन जोडिदिए।

राउटेलाले गरेको ११औँ ओभरमा मात्र २२ रन खर्चिएका थिए।

यसअघि एनपीएलमा एकै बलमा ११ रन बनेको थियो। जनकपुर बोल्ट्सले विराटनगर किंग्सविरुद्धको उद्घाटन खेलमै एकै बलमा ११ रन जोडेको थियो।

विराटनगरका क्रिस सोल बलिङमा थिए। जनकपुरका कप्तान अनिल शाह स्ट्राइकमा हुँदा पहिलो बल वाइड चौका बन्दा जनकपुरले ५ रन जोड्यो। यस्तै त्यसपछि पनि सोलले वाइड बल फाल्दा विराटनगरले एक रन पाएको थियो। फेरि लेगल डेलीभरी गर्दा जनकपुरले ५ रन जोडेको थियो। यसरी उसले ११ रन बनाएको थियो।

प्रकाशित: २०८१ मङ्सिर २८ गते शुक्रबार ०४:२५
प्रतिक्रिया

थप समाचार

कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन, चार लाखभन्दा बढी आम्दानी

बाँके: कृषिमा स्नातक पढ्दै गरेका तीन युवाले नेपालगन्जमा व्यावसायिक फूलखेती गरेर तिहारका लागि ११ क्विन्टल फूल उत्पादन गरी बेचबिखन गरेका छन्। त्यसबाट उनीहरूले फूल बिक्री गरेर रु चार लाखभन्दा...

नवलपुरमा २०४ उद्योग थपिए

नवलपरासी: नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा चालु आर्थिक वर्ष २०८३/८४ मा २०४ वटा नयाँ उद्योग तथा वाणिज्य फर्म थपिएका छन्। यही कात्तिक १३ गतेसम्म जिल्लामा ९२ वटा नयाँ उद्योग तथा ११२ वटा नयाँ वाणिज्य...

भाइटीकाको शुभसाइत कति बेला? कता फर्किने?

काठमाडौँः नेपाली तथा हिन्दु धर्मावलम्बीहरूको ठूलो पर्व दीपावलीको आज अन्तिम दिन भाइटीका मनाइँदैछ। यमपञ्चकको पाँचौँ दिन अर्थात् कार्तिक शुक्ल द्वितीयाका यमुनाले आफ्ना दाजु यमराजलाई विशेष...

‘नरमाइलो’ लाग्छ तिहार

‘टिभीमा तिहारका गीत बज्दा आँखाबाट आँसु आउन थाल्छ, च्यानल बदलिहाल्छु,’

चाैथाे जितसहित सुदूरपश्चिम प्लेअफनजिक

सुदूरपश्चिम राेयल्सले राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा चाैथाे जित निकालेकाे छ। चाैथाे जित निकाल्ने क्रममा सुदूरपश्चिमले जनकपुर बाेल्ट्सलाई २७ रनले हरायाे।...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
foto
कर्पोरेट

सानिमा ग्रुपले सञ्चालन गरिरहेको तल्लो लिखु जलविद्युत आयोजना पाँचौं वर्षमा

काठमाडौं। सानिमा ग्रुपले निर्माण तथा सञ्चालन गरिरहेको २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनाले व्यावसायिक विद्युत उत्पादन सञ्चालनको चार वर्ष पूरा गरी पाँचौँ वर्षमा प्रवेश गरेको छ। आयोजना...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना