काठमाडौँ- सौर्य अटोमोबाइल्स प्रालिले जेएमईभी जिएसई इलेक्ट्रिक कार बिक्री सुरु गरेको छ।
यो प्रिमियम सेडान कार हो। कम्पनीका अनुसार ४९ किलोवाट आवर ब्याट्री क्षमताको यो कारको मोटर आउटपुट ९९ किलोवाट छ।
फुल चार्जमा ४२० किलोमिटर रेन्ज दिन्छ। १७० एमएम ग्राउण्ड क्लियरेन्स छ। ३६० डिग्री एभीएम भिजुअल सिस्टम छ। ४१० लिटर बुट स्पेस छ। नेपालको भुगोललाई मध्यनजर गरी यो कार ल्याइएको कम्पनीको दाबी छ।
यो कारको ५३ लाख ९९ हजार रुपैयाँ पर्छ। यो जिआङसी जियाङलिङ ग्रुप भेहिकल कम्पनी लिमिटेड (जेएमईभी) ले निर्माण गरेको हो।
सन् २०१५ मा स्थापना भएको जेएमईभी चीनको उद्योग र सूचना मन्त्रालयबाट ईभी उत्पादन योग्यताको मान्यता प्राप्त गर्ने पहिलो कम्पनीहरुमध्ये एक हो।
सन् २०१९ मा रेनल्ट समूहले जेएमईभीमा ५० प्रतिशत हिस्सेदारी प्राप्त गरेपछि यसको विश्वव्यापी प्रतिष्ठा बढेको बताइन्छ


