सुनसरी- सुनसरीबाट १ सय २३ केजी गाँजासहित १ जना पक्राउ परेका छन्।
प्रहरीले दिएको जानकारीअनुसार सुनसरीको धरान उपमहानगरपालिका–१७ बाट १ सय २३ किलो ३ सय ९० ग्राम गाँजासहित धरान उपमहानगरपालिका–१७ बस्ने ३१ वर्षीय धन बहादुर भण्डारी पक्राउ परेका हुन्।
प्रदेश १–०२–००२ ह १६५५ नम्बरको अटो जाँच गर्ने क्रममा प्रहरीले भण्डारीलाई गाँजासहित फेला पारेको जनाएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


