२०८३ कार्तिक १४ गते शुक्रबार

आर्थिक वृद्धिदरमा ‘ठूलो’ धक्का, कुन प्रदेशको वृद्धिदर कति?

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, जेठ २
PowerPoint Presentation

काठमाडौँ- राष्ट्रियस्तरमा देखिएको न्यून आर्थिक वृद्धिदरको असर प्रदेशगत रुपमा पनि पर्ने देखिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको प्रदेशगत कुल गार्हस्थ्य उत्पादन उत्पादन सम्बन्धी विवरणले यस्तो देखाएको हो।

सातै प्रदेशको आर्थिक वृद्धिदर गत वर्षको तुलनामा निकै न्युन हुने प्रक्षेपण तथ्याङ्क कार्यालयले गरेको छ। गत वैशाखको मध्यमा राष्ट्रिय लेखा तथ्याङ्क प्रस्तुत गर्दै नेपालको आर्थिक वृद्धिदर चालु आर्थिक वर्ष २.१६ प्रतिशत सीमित हुने प्रक्षेपण गरिएको थियो। चालु आर्थिक वर्ष नेपालको कुल गार्हस्थ्य उत्पादन करिब ५४ खर्ब पुग्ने अनुमान गरिएको छ। यस्तै प्रदेशस्तरमा सबैभन्दा धेरै आर्थिक वृद्धिदर गण्डकी प्रदेशको र सबैभन्दा न्युन आर्थिक वृद्धिदर राजधानी प्रदेश बागमतिको हुने प्रक्षेपण गरिएको छ।

कोशी प्रदेश
कोशी प्रदेशको चालु आर्थिक वर्ष आर्थिक वृद्धिदर २ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको छ। गत आर्थिक वर्ष यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर ५.४७ प्रतिशत रहेको थियो। यस आर्थिक वर्ष यस प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा  ८ खर्ब ४९ अर्ब हुने अनुमान गरिएको छ भने गत आवको संशोधितअनुमान करिव रु. ७ खर्ब ८० अर्ब रहेको छ। यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा १५.८ प्रतिशत योगदान पुर्याउने अनुमान  गरिएको छ।

यस प्रदेशको कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढि योगदान कृषि क्षेत्रको ३३.२ प्रतिशत प्रतिशत र स प्रशासनिक सहयोगी सेवा क्षेत्रको सबैभन्दा कम ०.३ प्रतिशत हुने अनुमात गरिएको छ ।

मधेश प्रदेश
चालु आर्थिक वर्षको ९ महिनामा मधेस प्रदेशको आर्थिक वृद्धिदर १.६९ प्रतिशत सीमित हुने अनुमान गरिएको छ।  गत आर्थिक वर्ष यस प्रदेशको आर्थिक वृद्धिदर ४.६३ प्रतिशत रहेको संसोधित अनुमान गरिएको छ।यस आवमा यस प्रदेशको कुलगार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिव ७खर्ब ७ अर्ब हुने अनुमान छ भने गत आवको संशोधित अनुमान करिव रु.६ खर्ब ५० अर्ब रहेको छ। गतआवमा राष्ट्रिय तहमा कुल गार्हस्थ उत्पादनको १३.१ प्रतिशत हिस्सा ओगटेको यस प्रदेशले यस आवमा समेत १३.१प्रतिशत योगदान पुर्याउने अनुमान गरिएको छ।  कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढि योगदान ३५.२प्रतिशत कृषिक्षेत्रको छ भने सबैभन्दा कम योगदान ०.२प्रतिशत खानी तथा उत्खननक्षेत्रको रहेको छ।

बागमती प्रदेश
गत आर्थिक वर्ष ६.३० प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको बागमति प्रदेशको चालु आर्थिक वर्ष १.४४ प्रतिशतमा सीमित हुने प्रक्षेपण राष्ट्रिय तथ्याङ्क कार्यालयले गरेको छ। यस प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा १९ खर्ब ८१ अर्ब रुपैयाँ बराबरको योगदान हुने अनुमान छ। गत आर्थिक वर्ष यस्तो योगदान करिब .१८ खर्ब १९ अर्ब रहेको थियो।

कुल गार्हस्थ उत्पादनमा यस प्रदेशको हिस्सा ३७.९५ प्रतिशत हुने देखिएको छ। राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा यस प्रदेशको सबैभन्दा बढी योगदान रहदै आएको छ।  कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढि योगदान २३.६प्रतिशत ब्यापार क्षेत्रको छ भने सबैभन्दा कम योगदान शुन्य ३ प्रतिशत पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापनतथा पुनःउत्पादनका क्रियाकलापहरू क्षेत्रको रहेको छ।

गण्डकी प्रदेश
गण्डकी प्रदेशको चालु आर्थिक वर्षपनि सबैभन्दा धेरै आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान गरिएकव छ। गत आर्थिक वर्षको तुलनामा आर्थिक वृद्धिदरमा झन्डै दोब्बरले संकुचलन आएपनि अन्य प्रदेशको तुलनामा यस प्रदेशको आर्थिक वृद्धिदर बढी हुने अनुमान राष्ट्रिय तथ्याङ्क कार्यालयले गरेको छ। गत आर्थिक वर्ष ६.३५ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको यस प्रदेशले चालु आर्थिक वर्ष ३.२६ प्रतिशत कायम हुने अनुमान छ।

यस प्रदेशको कुलगार्हस्थ उत्पादनमा करिब  ४ खर्ब ८२ अर्ब हुने अनुमान गरिएको गत आर्थिक वर्षको संशोधित अनुमान करिव ४ खर्ब ३७ अर्ब रहेको छ। राष्ट्रिय तकुल गार्हस्थ उत्पादन यस प्रदेशको हिस्सा ८.९ प्रतिशत रहेको छ। प्रदेशले चालु आवमा ९.०प्रतिशत योगदान पुर्याउने अनुमान छ। यस प्रदेशको गार्हस्थ उत्पादनमा सबैभन्दा बढि योगदान कृषि क्षेत्रको २५.९ प्रतिशत र सबैभन्दा कम प्रशासनिक सहयोगी सेवा क्षेत्रको ०.३ प्रतित रहेको छ।

लुम्बिनी प्रदेश
चालु आर्थिक वर्ष यस प्रदेशको आर्थिक वृद्धिदर २.०६ प्रतिशतमा सीमित हुने अनुमा गरिएको छ। गत आर्थिक वर्ष यस प्रदेशले ५.०३ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको थियो। चालु आ.बमा यस प्रदेशको कुल गार्हस्थ्य उत्पादन ७ खर्ब ६२ अर्ब कायम हुने अनुमान गरिएको छ। गत आवका संशोधित अनुमान अनुसार यस प्रदेशको कुल गार्हस्थ्य उत्पादन ६ खर्ब ९७ अर्ब पुगको छ। गत आवमा राष्ट्रिय कुल गार्हस्थ उत्पादन १४.१ प्रतिशत  हिस्सा ओगटेको यस प्रदेशले यस आवमा १४.२ प्रतिशत योगदान पुग्ने अनुमान गरिएको छ। कुल  गार्हस्थ उत्पादनमा यस प्रदेशको सबैभन्दा बढि योगदान कृषि क्षेत्रको  २९.८ प्रतिशत रहेको छ भने सबैभन्दा कम प्रशासनिक सहयोगी सेवा क्षेत्रको ०.३ प्रतिशत रहेको छ।

कर्णाली प्रदेश
गत आर्थिक वर्ष ५.३२ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न सफल भएको कर्णाली प्रदेशको आर्थिक वृद्धिदरमा पनि संकुचित भएको छ। चालु आर्थिक वर्ष यस प्रदेशको आर्थिक बृद्धदर १.९१ प्रतिशतमा सीमित हुने अनुमान राष्ट्रिय लेखा तथ्याङ्क कार्यालयले गरेको छ। गत आर्थिक वर्ष यस प्रदेशको कुल गार्हस्थ्य उत्पादन २ खर्ब १ अर्ब रहेकोमा यस आर्थिक वर्ष २ खर्ब २१ अर्ब पुग्ने अनुमान प्रस्तुत गरिएको छ। राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा आगामी आर्थिक वर्ष यस प्रदेशको योगदान ४.१ प्रतिशत हुने प्रक्षेपण गरिएको छ। कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढि योगदान यस प्रदेशको पनि कृषि क्षेत्र नै रहेको छ। ३०.८ प्रतिशत कृषिक्षेत्र योगदान रहेको यस प्रदेशको सबैभन्दा कम प्रशासनिक सहयोगी सेवा क्षेत्रमा ०.२ प्रतिशत रहेको छ।

सुदुरपश्चिम प्रदेशः
चालु आर्थिक वर्ष सुदरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर १.७८ प्रतिशतमा संकुचित हुने भएको छ। गत आर्थिक वर्ष ४.७८ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको यस प्रदेशको पनि आर्थिक गतिविधिमा मन्दीको असर परेको छ। चालु आर्थिक वर्ष यस प्रदेशको कुल गार्हस्थ्य उत्पादन ३ खर्ब ७६ पुग्ने अनुमान गरिएको छ। गत वर्ष यस प्रदेशको कुल गार्हस्थ्य उत्पादन ३ खर्ब ४५ अर्ब रुपैयाँ रहेको थियो।  रहेको छ। राष्ट्रिय स्तरको  उत्पादन यस प्रदेशको हिस्सा ७ प्रतिशत नै हुने अनुमान गरिएको छ। गत आर्थिक वर्ष पनि यस प्रदेशको राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा ७प्रतिशतको नै हिस्सा रहेको थियो। कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढि योगदान कृषि क्षेत्रको  ३३.४ प्रतिशत प्रतिशत र सेवा क्षेत्रको सबैभन्दा कम योगदान ०.१ प्रतिशत रहेको छ।

प्रकाशित: २०८० जेठ २ गते मङ्गलबार ०६:४७
प्रतिक्रिया

थप समाचार

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...

कर्णालीमा बैंकको कर्जा लगानी ६६ अर्ब ८५ करोड, सुर्खेतमै ६० प्रतिशत केन्द्रित

काठमाडौँः कर्णाली प्रदेशका बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन उल्लेख्य रूपमा बढे पनि सोही अनुपातमा प्रदेशभित्र कर्जा लगानी विस्तार हुन सकेको छैन। कर्णालीबाट संकलित १ खर्ब ११ अर्ब १५...

कर्णाली डेभलपमेन्ट बैंकका ३५ सेयरधनीको सेयरपूँजी १ प्रतिशतमा झारिएको विवरण पुनः सार्वजनिक

काठमाडौँः समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका ३५ जना सेयरधनीको सेयरपूँजी घटाइएको विवरण आज सार्वजनिक गरिएको छ। नेपाल राष्ट्र बैंकबाट गठित व्यवस्थापन समूहले यसअघि नै सम्बन्धित सेयरधनीहरूको...

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना