काठमाडौँ – प्रधानमन्त्री केपी ओलीले पुसमा भारतको भ्रमण गर्ने भएका छन्। त्यसका लागि परराष्ट्र मन्त्रालयले गृहकार्य अघि बढाएको जनाएको छ।
युरोप भ्रमणमा सकेर परराष्ट्रमन्त्री आरजु राणा त्यहीँबाट नयाँ दिल्ली पुगेकी छन्। प्रधानमन्त्री ओलीको भारत भ्रमण पुस २५ गतेतिर हुने सम्भावना रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।
भारतमा परराष्ट्रमन्त्री राणाले समकक्षी एस जयशंकरसँग भेटवार्ता गर्ने मन्त्री राणाको सचिवालयले जनाएको छ।
चीन भ्रमणमा जानुअघि नै प्रधानमन्त्री ओलीले भारत भ्रमणको तयारी गर्न परराष्ट्रमन्त्री राणालाई नै दिल्ली पठाएका बुझिएको छ। तर भारतबाट जवाफ नआएपछि ओली चीनतिर लागेका थिए।


