काठमाडौँ – हिजो (बिहीबार) बस्न नसकेको मन्त्रिपरिषद् बैठक आजलाई तय गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि बिहीबार साँझ बस्ने भनिएको बैठक आजलाई सारिएको हो।
बालुवाटार स्रोतका अनुसार मन्त्रिपरिषद् बैठक दिउँसो १ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो।


