काठमाडौँ- अनलाइन ट्राभल एजेन्सी ईसेभेनस्टार डट कमले प्रणय दिवसलाई लक्षित गर्दै विषेश अफर ल्याएको छ।
‘आकाशमा भ्यालेन्टाइन्स्’ अफर ल्याइउँदै ई-सेभेनस्टार डट कम तथा सेभेनस्टार ट्राभल एन्ड टुर्समार्फत कुनै पनि अन्तर्राष्ट्रिय गन्तव्यका लागि टिकट काट्ने ग्राहकले विभिन्न किसिमका उपहार जित्ने अवसर पाउनेछन्।
यस अफर अन्तर्गत भ्यालेन्टाइन्स् डे (फेब्रअरी १४, २०२५)को साँझ ५ बजेसम्म टिकट काट्ने ग्राहकहरुले हरेक हप्ता, हरेक महिना र भ्यालेन्टाइन्स् डेको दिनमा गरिने फरकफरक लक्की ड्रमा उपहार जित्ने मौका पाउने व्यवस्था गरिएको कम्पनीको भनाइ छ।
यस योजना अन्तर्गत हरेक ग्राहकले विशेष छुट, हरेक साता ग्राहकहरुले इसेभेनस्टारको विशेष गिफ्ट ह्याम्पर तथा ट्राभल एक्ससेसरिज् पाउने छन्।
हरेक महिना यती एअरलाइन्सको कुनै पनि गन्तव्यमा निःशुल्क हवाई टिकट पनि प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ। भ्यालेन्टाइन्स डेमा गरिने लक्की ड्रमा भने एक जोडीले यती एअरलान्स चढेर माउन्टेन फ्लाइटमा जाने मौका पाउनेछन्।
‘अनलाइन ट्राभलमार्फत अनलाइन टिकट काट्ने नेपाली ग्राहकहरुको संख्यामा उल्लेख्य वृद्धि हुँदै गएको परिप्रेक्ष्यलाई मध्यनजर गर्दै आफ्नो स्थापनाको दशौं वार्षिकोत्सवको अवसर पारेर गत वर्ष ईसेभेनस्टार डट कम संचालनमा ल्याइएको थियो,’ ईसेभेनस्टारको संचालनको सन्दर्भमा प्रष्ट्याउँदै सेभेनस्टार इन्टरनेसनल ट्राभल एण्ड टुर्स प्रा. लि. का प्रबन्ध निर्देशक विष्णु प्रसाद कँडेल भन्छन्, ‘संचालनको छोटो समयमै हामीले ग्राहकको उल्लेख्य मायाँ पाउन सफल भयौं। त्यसैको प्रोत्साहन स्वरुप हामीले आफ्ना ग्राहकलाई भ्यालेन्टाइन्स् डेको अवसर पारेर विभिन्न उपहारहरु प्रदान गर्ने निर्णय गरेका हौं।’


