बाजुरा – जिल्लाको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर पाँच दशमलव २ म्याग्नेच्युडको भूकम्प गएको छ।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो। भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए।
पुनः भूकम्प आउने डरले स्थानीय त्रासमा रहेका छन्। भूकम्प गएपछि के कति क्षति भयो यसबारे यकिन हुन सकेको छैन।


