काठमाडौँ- नेपाल एयरलाइन्सको जहाजमा अचेत अवस्थामा भेटिएका एक यात्रुको निधन भएको छ।
गएराति हङकङबाट काठमाडौँका लागि उडान भरेको नेपाल एयरलाइन्सको जहाजमा सवार यात्रु ताप्लेजुङका देउमान लिम्बू अचेत अवस्थामा भेटिएका थिए।
निगमको आरए ४१० उडानमार्फत् हङकङबाट काठमाडौं आउने क्रममा उनी जहाजमै अचेत बनेका थिए।
अचेत भेटिएका उनलाई उपचारका क्रममा केएमसी अस्पताल भर्ना गरिएको थियो। अस्पतालले उनलाई मृत घोषणा गरेको नेपाल एयरलाइन्सले जानकारी दिएको छ। मृतक देउमान ५३ वर्षीय हुन्।
लिम्बूलाई एयरलाइन्सका कर्मचारीले आफन्तको जिम्मा लगाएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए।


