काठमाडौँ- साई स्वागत सहकारीका अध्यक्ष भरत जंगम र तत्कालीन कोषाध्यक्ष लुमन दाहाल पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनीहरूलाई काठमाडौँबाट आइतबार पक्राउ गरेको हो।
सहकारी ठगीको आरोपमा जंगम र दाहाल पक्राउ परेका हुन्।
उनीहरूलाई म्याद थपको प्रक्रिया अघि बढाइएको काठमाडौँ प्रहरी परिसरले जानकारी दिएको छ।
साई स्वागत सहकारीमा रास्वपा सभापति रवि लामिछानेकी श्रीमती निकिता पौडेल उपाध्यक्ष थिइन्।


