२०८३ कार्तिक २६ गते बुधबार

बहिरा युवालाई निःशुल्क होटल म्यानेज्मेन्ट तालिम

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस ७
2143f17d-ed51-454c-87ec-095b06793923

काठमाडौँ- विगत १८ वर्षदेखि नेपालमा अन्तर्राष्ट्रिय स्तरको होटल व्यवस्थापन शिक्षा प्रदान गर्दै आएको काठमाडौंको ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेशन (गेट)को भगिनी संस्था गेट पोलिटेक्निक इन्स्टिच्युटले बहिरा युवाका लागि निःशुल्क होटल व्यवस्थापन तालिम कार्यक्रम सम्पन्न गरेको छ।

देशका विभिन्न भागबाट आएका ३१ जना सहभागीले बारिस्ता तालिम, हाउस किपिङ, र बेकरी सञ्चालनलगायत होटल व्यवस्थापनका विभिन्न विधामा आवश्यक सीप हासिल गरेका छन्। सन् २०२४ को आरम्भबाट विभिन्न चरणमा आयोजना गरिएको ४५ दिने प्रशिक्षण प्राप्त बहिरा युवाहरूलाई आइतबार काठमाडौंमा दीक्षान्त प्रमाणपत्र प्रदान गरियो।

नेपालमा अपाङ्गता भएका व्यक्तिहरू शिक्षा, रोजगारी, र सीप विकासका क्षेत्रमा प्रणालीगत अवरोधहरूको सामना गरिरहेका समस्यालाई सम्बोधन गर्न गेट पोलिटेक्निक इन्स्टिच्युटले होटल व्यवस्थापन उद्योगमा आवश्यक सीप प्रदान गर्दै सहभागीहरूलाई सशक्त बनाउन यो तालिम कार्यक्रम सुरु गरेको हो।

‘यो हाम्रो लागि पहिलो र चुनौतीपूर्ण अनुभव थियो,’ गेट पोलिटेक्निक इन्स्टिच्युटका महाप्रबन्धक विवेक पौडेलले भने, ‘सुरुमा हामीसँग दोभाषे थिएनन्, न हामी सांकेतिक भाषाबारे जानकार थियौं। तर, हाम्रो टोलीले विस्तारै सांकेतिक भाषालाई सिक्यो, जसले तालिमलाई प्रभावकारी मात्र होइन, भावनात्मक रूपमा पनि सुदृढ बनायो।’

उनका अनुसार तालिम कार्यक्रम २०२४ को सुरुवातमा युनिसेफको सहकार्यमा ६ जना बहिरा युवालाई प्रशिक्षण दिन सुरु गरिएको थियो। यसले पाएको सफलतासँगै कार्यक्रम विस्तार गरी वर्षको अन्त्यसम्म ३१ जनालाई निःशुल्क तालिम प्रदान गरिएको पौडेलले बताए।

यस प्रयासमा विभिन्न संघ–संस्था र व्यक्तिहरूले हातेमालो गरेका थिए। मास्टरसेफ सन्तोष शाहले स्विजरल्याण्डमा च्यारिटी डिनर आयोजना गरेर आर्थिक सहयोग जुटाएका थिए।

‘यो केवल सीप प्रदान गर्ने कुरा होइन, यो समावेशितालाई प्रवद्र्धन गर्ने सवाल पनि हो,’ मास्टरसेफ शाहले भने ‘सही मागदर्शन र अवसर पाएमा अपाङ्गता भएका व्यक्तिहरूले समाजलाई उल्लेखनीय योगदान दिन सक्छन्। यो केवल सुरुवात हो; हाम्रो प्रयासलाई अझ सशक्त बनाउनुपर्ने आवश्यकता छ।’

सहभागी गंगा थापाका लागि यो तालिम जीवन बदल्ने अनुभव भएको छ। उनले गेट पोलिटेक्निक इन्स्टिच्युटमा बारिस्ता र हाउस किपिङ तालिम पूरा गरेपछि काठमाडौंको हिल्टन होटलमा रोजगारी पाएकी छन्। यसैगरी, अर्का सहभागी अनिल कुमार हमालले तालिमपछि सोही होटलमा रोजगारी पाए। उनले भने, ‘भाषाका कारण सञ्चार आदानप्रदानमा अझै केही कठिनाइ छ, तर मैले पाएको सीपले नयाँ ढोका खोलिदिएको छ।’

गेटे कलेज समूहका संस्थापक तथा प्रमुख कार्यकारी खेम लकाईले यस कार्यक्रमको पछाडिको फराकिलो उद्देश्यलाई जोड दिए। ‘हामीले १८ वर्षअघि नेपालमा आतिथ्य शिक्षामा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको शैक्षिक प्रतिष्ठान स्थापना गर्ने लक्ष्य राखेका थियौं। आज, हाम्रो दृष्टिकोणलाई समावेशी बनाउँदै, यस्तो सीप विकास अभियानलाई अगाडि बढाउँदैछौं, यो दीर्घकालीन प्रतिबद्धताको सुरुवात हो।’

गेट कलेज समूहका संस्थापक लकाईले अपाङ्गता भएका व्यक्तिहरू लगायत सीमान्तकृत समूहहरूको सशक्तिकरणप्रति संस्थाको लामो समयदेखिको प्रतिबद्धता दोहोर्‍याए। अभियानमा राष्ट्रिय बहिरा महासंघ, गण्डकी बहिरा संघलगायत विभिन्न सरोकारवाला संस्थाको सहभागिता थियो।

महासंघका अध्यक्षले भने, ‘अपाङ्गता भएका व्यक्तिहरू केही गर्न सक्दैनन् भन्ने सोचाइलाई यस प्रकारका कार्यक्रमहरूले चुनौती दिएको छ। यसले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्छ।’ कार्यक्रममा, काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा. काशीराज पाण्डे ‘नेपालले समावेशिता र सशक्तीकरणलाई प्राथमिकतामा राख्दा के सम्भव छ भन्ने उदाहरण प्रस्तुत गरेको छ ‘ डा. पाण्डेले समापन समारोहमा भने।

अपाङ्गता अधिकारकर्मी गजेन्द्र बुढाथोकीले नेपालमा अपाङ्गता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य र रोजगारीमा पहुँचको अभाव औंल्याउँदै गेट कलेजले समावेशी रोजगारी प्रवद्र्धनमा चालेको योगदानको सह्राहना गरे।

प्रकाशित: २०८१ पुस ७ गते आईतबार ०७:२५
प्रतिक्रिया

थप समाचार

उज्यालो चाँडको अँध्यारो विछोड: तिहारको रमझमबीच विदेशिनेको लर्को [फोटोफिचर]

बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँदछ लाखौँका लागि उजाड छ यो देश मुट्ठीभरलाई त स्वर्ग छ ! पञ्यायतकालिन जनताका दु:ख समेटेर लेखिएको जेबी टुहुरेको यो गीत आज पनि उत्तिकै सान्दर्भिक छ। देशमा...

कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन, चार लाखभन्दा बढी आम्दानी

बाँके: कृषिमा स्नातक पढ्दै गरेका तीन युवाले नेपालगन्जमा व्यावसायिक फूलखेती गरेर तिहारका लागि ११ क्विन्टल फूल उत्पादन गरी बेचबिखन गरेका छन्। त्यसबाट उनीहरूले फूल बिक्री गरेर रु चार लाखभन्दा...

नवलपुरमा २०४ उद्योग थपिए

नवलपरासी: नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा चालु आर्थिक वर्ष २०८३/८४ मा २०४ वटा नयाँ उद्योग तथा वाणिज्य फर्म थपिएका छन्। यही कात्तिक १३ गतेसम्म जिल्लामा ९२ वटा नयाँ उद्योग तथा ११२ वटा नयाँ वाणिज्य...

भाइटीकाको शुभसाइत कति बेला? कता फर्किने?

काठमाडौँः नेपाली तथा हिन्दु धर्मावलम्बीहरूको ठूलो पर्व दीपावलीको आज अन्तिम दिन भाइटीका मनाइँदैछ। यमपञ्चकको पाँचौँ दिन अर्थात् कार्तिक शुक्ल द्वितीयाका यमुनाले आफ्ना दाजु यमराजलाई विशेष...

‘नरमाइलो’ लाग्छ तिहार

‘टिभीमा तिहारका गीत बज्दा आँखाबाट आँसु आउन थाल्छ, च्यानल बदलिहाल्छु,’
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
foto
कर्पोरेट

सानिमा ग्रुपले सञ्चालन गरिरहेको तल्लो लिखु जलविद्युत आयोजना पाँचौं वर्षमा

काठमाडौं। सानिमा ग्रुपले निर्माण तथा सञ्चालन गरिरहेको २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनाले व्यावसायिक विद्युत उत्पादन सञ्चालनको चार वर्ष पूरा गरी पाँचौँ वर्षमा प्रवेश गरेको छ। आयोजना...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना