२०८३ कार्तिक १७ गते सोमबार

रविलाई निलम्बन गर्न नहुने भन्दै सभामुखसँग रास्वपाले गरेका २ तर्क

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस ८
rabi_lamichhane

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले आफ्नो पार्टीका सभापति र संसदीय दलका नेतासमेत रहेका रवि लामिछानेलाई सांसद पदबाट निलम्बन गर्न नमिल्ने तर्क गरेका छन्। प्रमुख सचेतक सन्तोष परियारसहितका रास्वपाका सांसदहरू सभामुख देवराज घिमिरेलाई भेटेर लामिछानेलाई सांसद पदबाट निलम्बन नगर्न आग्रह गरेका हुन्।

रविलाई निलम्बन नगर्न माग गर्दै परियारसहित, सांसदहरू सोबिता गौतम र गणेश पराजुलीले सोमबार दिउँसो सभामुख घिमिरेलाई भेटेका थिए।

सभापति लामिछानेविरूद्ध कास्की अदालतमा सम्पत्ति शुद्धीरणको कसुरमा मुद्दा दर्ता भएको भन्दै उनलाई सांसदबाट निलम्बन गर्नका लागि कास्की प्रहरीले सभामुखलाई पत्र पठाएको थियो। आइतबार पत्र पठाएपछि सोमबार रास्वपा सांसदहरूले सभामुख घिमिरेसँगको भेटमा दुई तर्क अघि सारेका थिए।

राजनीतिक पूर्वाग्रहले प्रेरित भएर लामिछानेलाई पक्राउ गरिएको तर्क गर्दै आएको रास्वपाले अब फेरि पनि पूर्वाग्रहले प्रेरित भएर नै सांसद पदबाट पनि निलम्बन गर्न खोजिएको जिकिर गर्दै आएको छ। यसका लागि उसले दुई तर्क अघि सारेको छ।

कास्की प्रहरीले सभामुखलाई पठाएको पत्रमा सम्पत्ति शुद्धीकरण ऐन, २०६४ को दफा २७ लाई कोट गर्दै निलम्बन गर्न अनुरोध गरिएको छ। उक्त दफामा सांसद या जनप्रतिनिधि भन्ने शब्द उल्लेख छैन। तर रवि सांसद/जनप्रतिनिधि मात्र भएकाले राष्ट्रसेवक वा कर्मचारीलाई गरेसरहको व्यवहार गरी रविलाई गर्न नहुने उनीहरुको भनाइ थियो। उनीहरूले रविलाई सांसद पदबाट निलम्बन गर्नु ऐनअनुसार नहुने तर्क रास्वपाका सांसदहरूले सभामुखसँगको भेटमा राखेका थिए।

रास्वपाका सांसदहरूले सभामुखसँगको भेटमा प्रतिनिधि सभा सञ्चालन नियमावली, २०७९ को दफा २४८ (३)तर्फ पनि ध्यानाकर्षण गराएका थिए। उक्त उपदफामा पुर्पक्षका लागि थुनामा गएको सांसदको पद निलम्बन भनिएको छ। तर रविलाई पनि पुर्पक्षका लागि थुनामा नपठाएको र हिरासतमा मात्र रहेकाले निलम्बन गर्न निमिल्ने विषय सभामुखलाई रास्वपाका सांसदले ध्यानाकर्षण गराएका थिए।

सभामुखसँगको भेटमा लामिछानेमाथि दर्ता भएको मुद्दा र त्यसपछि लामिछानेलाई निलम्बन गर्न कास्की प्रहरीले पठाएको पत्रबारे ध्यानाकर्षण गराइएको प्रमुख सचेतक परियारको भनाइ छ। ‘सभामुखसँगको भेटमा कास्की प्रहरीले सभामुखलाई पठाएको पत्र र प्रतिनिधि सभा नियमावलीबारे ध्यानाकर्षण गराएका छौँ,’ उनले भने।

कास्की प्रहरीले सभामुखलाई पठाएको पत्र।

रास्वपा सांसदहरूका कुरा सुनेपछि सभामुख घिमिरेले उक्त विषयलाई आफूले गम्भीरताका साथ लिएको बताएका थिए। विधि र विधानभन्दा बाहिर गएर केही गर्न हुँदैन भन्नेमा आफू सचेत रहेको जवाफ सभामुखले रास्वपा सांसदहरूलाई दिएका थिए।

सभापति लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा जिल्ला अदालत कास्कीमा आइतबार मुद्दा दर्ता भएको थियो। मुद्दा दर्तापछि कास्की प्रहरीले लामिछानेको सांसद पद निलम्बन गर्न आइतबार नै संघीय संसद सचिवालयमा पत्र पठाएको थियो।

सम्पत्ति शुद्धीकरण ऐन २०६४ को दफा २७ अनुसार मुद्दा दर्तापछि स्वतः सांसद पद निलम्बन हुने व्यवस्था छ। तर रास्वपाले भने आफ्ना सभापतिमाथि राजनीतिक प्रतिशोध साँध्दै निलम्बन गर्ने काम भएको आरोप लगाएको छ।

प्रकाशित: २०८१ पुस ८ गते सोमबार ०४:२५
प्रतिक्रिया

थप समाचार

सरकारको कार्यशैलीमाथि गगन थापाले उठाए प्रश्नै प्रश्न

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न...

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना