काठमाडौँ– बुधबारदेखि लागू हुने गरी नेपाल आयल निगमले डिजेलमा १० रुपैयाँ मूल्य घटाएपछि सार्वजनिक सवारी साधनको भाडा पनि घटेको छ। यातायात व्यवस्था विभागले जेठ ३ गते (आजै)देखि लागू हुने गरी भाडादर समायोजन गरेको हो।
निगमले प्रतिलिटर डिजेलको मूल्य रु १० ले घटाएर १५५ कायम गरेको छ। वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार डिजेलको मूल्यसँगै सार्वजनिक सवारी साधनको भाडा पनि घटाइएको विभागले सूचित गराएको छ। ५ प्रतिशतले इन्धनको मूल्य घटबढ भएमा वैज्ञानिक भाडा समायोजन प्रणालीनुसार अन्तर प्रदेश सार्वजनिक यातायातको भाडादर बढ्ने वा घट्ने व्यवस्था विभागले अवलम्वन गर्दै आएको छ।
विभागले सार्वजनिक गरेको नयाँ भाडादरअनुसार यात्रुबाहक सवारी साधानको ३.२ प्रतिशतले घटेको छ। पहाडी भेगमा सञ्चालन हुने मालबाहक सवारी साधानको भाडा ४.१९ प्रतिशत र तराई भेगमा सञ्चालन हुने मालबाहक सवारी साधानको भाडादर ४.६५ प्रतिशतले घटाइएको विभागले जानकारी दिएको छ।
कहाँ पुग्न कति?


