काठमाडौँ – रवि लामिछाने प्रहरी हिरासतमा रहेका बेला फोटो खिचेर सार्वजनिक गरेको आरोपमा पक्राउ परेका डा. निकोलस भुसालको म्याद थप गर्न अदालतले अस्वीकार गरेको छ।
रविको फोटो आफूले खिचेको स्वीकारसमेत गरेका भुसाललाई सोमबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको थियो।
प्रहरीले म्याद थपका लागि अदालत उपस्थित गराउँदा न्यायाधीश नारायण दाहालको इजलासले म्याद थपेर अनुसन्धान गर्नुनपर्ने बताएका स्रेस्तेदार राजन खनालले जानकारी दिए।
अब भुसालमाथि हिरासतबाहिरै राखेर अनुसन्धान हुनेछ। रविको स्वास्थ्य अवस्था बुझ्न पुगेका भुसालले हिरासतमा सुतिरहेका लामिछानेको फोटो खिचेका थिए।


