२०८३ कार्तिक १५ गते शनिवार

एनपीएलमा ६५३ चौका : २६१२ किट शैक्षिक सामग्री वितरण गर्दै एनसेल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस ९
lahiru
लाहिरु मिलान्था।

काठमाडौँ– एनसेल फाउन्डेसनले २६०० भन्दा बढी शैक्षिक सामग्री वितरण गर्ने भएको छ। क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग जोड्दै नेपाल प्रिमियर लिग (एनपीएल) का खेलहरूमा हानिने प्रत्येक चौका वापत चार ओटा शैक्षिक सामग्री वितरण गर्ने घोषणा अनुरूप कम्पनीले शैक्षिक सामग्री दिने भएको हो।

यी सामग्रीहरु ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई प्रदान गरिने छन्। शनिबार समापन भएको एनपीएलमा कूल ६५३ चौका हानिका थिए। त्यस वापत एनसेल फाउन्डेसनले अब घोषणा गरे बमोजिम कूल २ हजार ६१२ ओटा शैक्षिक सामग्री विद्यार्थीहरूलाई दिने पक्का भएको हो।

क्रिकेटदेखि कक्षा कोठासम्मको यस नवीन पहलले विद्यार्थीहरूको पठनपाठनमा सकारात्मक परिवर्तन ल्याउने र शिक्षालाई प्रवर्धन गर्दै उज्ज्वल भविष्यका लागि अवसरहरूको ढोका खोल्न मद्दत पुर्‍याउने विश्वास लिइएको छ।

विद्यार्थीहरूले पाउने किटमा स्कुल ब्याग, कापी, सिसाकलम, इरेजर, कटर लगायतका स्टेसनरी सामान समावेश हुनेछन्। यसले स्रोतको अभाव घटाउन सहयोग गर्ने र विद्यार्थीहरूको पठनपाठनमा योगदान गर्नेछ।

एनपीएलमा सबैभन्दा बढी चौका जनकपुर बोल्टका खेलाडी लाहिरु मिलान्थाले हानेका छन्। उनले कुल ३५ चौका हानेर १४० ओटा शैक्षिक सामग्री वितरण सुनिश्चित गरेका छन्। त्यस्तै दोश्रोमा पोखरा एभेन्जर्सका आन्द्रियस गौसले ३० चौका हानेका थिए। जसबाट १२० शैक्षिक सामग्री र तेश्रोमा लुम्बिनी लायन्सका रोहितकुमार पौडेल हानेका २६ चौका वापत १०४ शैक्षिक सामग्री वितरण हुनेछन्।

त्यसैगरी चितवन राइनोजका रविन्द्र बोपारा र सुदूरपश्चिम रोयल्सका सेफ अलि जेब प्रत्येकले २४ चौका हानेर १९२ शैक्षिक सामग्रीको वितरण निश्चित गरेका थिए।

‘क्रिकेट खेल र एनसेल फाउन्डेसनको सामाजिक कार्य दुवै हिसाबले यो एनपीएल एकदमै उत्साहजनक रह्यो। क्रिकेटप्रतिको चाखलाई सामाजिक कार्यसँग जोड्दै शिक्षाको लागि स्रोत आवश्यक रहेका विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गर्न यो पहलकदमी लिन पाउँदा हामी अत्यन्त खुसी छौँ र यसको लागि हामी क्रिकेट एसोसिएसन नेपाल (क्यान) तथा प्रत्येक खेलाडीलाई बधाई तथा धन्यवाद दिन चाहन्छौँ। शैक्षिक सामग्री वितरणको लागि हामी क्यान, सम्बन्धित टिम अन्य सरोकारवालासँग सहकार्य गर्नेछौँ,’ एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्काले भनिन्।

नेपाली समुदायहरूसँग गहिरो सम्बन्ध राख्ने मध्येको एक खेल क्रिकेट भएकाले यो पहलले खेलमा अझै रोमाञ्चकता थपेको थियो। यसले सहयोग र स्रोत बढी आवश्यकता भएकासम्म आवश्यक सहयोग पुर्‍याउन मद्‍दत गर्नेछ। सामुदायिक विद्यालयका लक्षित विद्यार्थीहरूसम्म यी सामग्री पुर्‍याउनका लागि एनसेलले कर्मयोग फाउन्डेसनसँग सहकार्य गरेको छ।

यी हुन् बढी चौका हान्ने १२ खेलाडी

प्रकाशित: २०८१ पुस ९ गते मङ्गलबार ०८:४६
प्रतिक्रिया

थप समाचार

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

कामना विकास बैंक २०औँ वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक...

आईसीटी अवार्डका लागि चार विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनोट

आईसीटी अवार्ड २०२६ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधाका ५० सेमिफाइनलिस्ट सार्वजनिक भएका छन्। अवार्डको ११औँ संस्करणका लागि प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको छनोट प्रक्रियामार्फत...

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना