२०८३ कार्तिक १५ गते शनिवार

१७औँ वर्षमा टेक्यो क्लियरिङ हाउस, ग्लोबल आइएमई र नबिल बैंकले पाए अवार्ड

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस ९
nchl

काठमाडौँ- नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) १७औँ वर्षमा प्रवेश गरेको छ। सेवा प्रदान गर्न थालेको १६ वर्ष पूरा गरेकोमा क्लियरिङ हाउले विभिन्न बैंक तथा वित्तीय संस्थालाई अवार्ड र सम्मान गरी वार्षिकोत्सव सम्पन्न गरेको छ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतित्थमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक, नेपाल बैंकर्स संघका अध्यक्ष, डेभलपमेन्ट बैंकर्स संघका उपाध्यक्ष, नेपाल वित्तीय संस्था संघका अध्यक्ष, एनसिएचलका पूर्व अध्यक्ष तथा निवर्तमान सञ्चालक, वर्तमान अध्यक्षहरू लगायतको उपस्थितिमा एक औपचारिक कार्यक्रम आयोजना गरी मनाएको छ।

नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरूको नेतृत्वमा २०६५ पुस ८ मा एनसिएचएल नेपालमा विभिन्न राष्ट्रिय भुक्तानी, क्लियरिङ र सेटलमेन्ट प्रणालीहरू स्थापना गर्न सञ्चालनमा आएको थियो।

एनसिएचएलले प्रारम्भिक दिनमा म्यानुअल चेक क्लियरिङ डिजिटाइज गर्न एनसिएचएल–इसिसीको सुरूवात गरेर पछि नेपाल राष्ट्र बैंकको रणनीति अनुसार आधुनिक डिजिटल भुक्तानी प्रणालीहरू सञ्चालनमा ल्याएको हो।

विगत १६ वर्षको यात्रामा, एनसिएचएलले एनएचएल–इसिसी, एनएचएल आइपिएस, रिटेल पेमेन्ट स्विच, कनेक्ट आइपिएस, कर्पोरेट पे, कनेक्ट आरटिजिएस, नेसनल पेमेन्ट इन्टरफेट, नेपाल पे क्युआर लगायतका सेवा कार्यान्वयन र सञ्चालन गर्दै आइरहेको छ।

हाल नेसनल पेमेन्ट स्विच (एनपिएस) अन्तर्गत नेसनल कार्ड स्विच र नेपाल पे डोमेस्टिक कार्ड कार्यान्वयन गर्ने क्रममा रहेको छ।

वार्षिकोत्सव कार्यक्रममा एनसिएचएलले कम्पनीमा १० वर्ष पूरा गरेका तीन कर्मचारीहरूलाई कम्पनी प्रतिको समर्पणको लागि दीर्घ सेवा पदकबाट सम्मानित गरेको छ।

सम्मानित हुने मध्ये प्रमुख सञ्चालन अधिकृत–मुन्नी राजभण्डारी, प्रोडक्ट लीड–विष्णु प्रसाद धिताल तथा इनचार्ज कार्ड अपरेसन्स–वन्दना लुइँटेल रहेका छन्।

एनसिएचएलले वार्षिकोत्सवको अवसरमा १२ वटा विधामा सबैभन्दा बढी कारोबार गर्ने बैंक वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र सरकारी निकायलाई सम्मानित गरेको छ।

वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीबाट एनआइसी एसिया बैंक, गरिमा विकास बैंक र आइसिएफसी फाइनान्सलाई “एक्सिलेन्स इन नेपालपे क्युआर ट्रान्जेक्सन” अवार्ड प्रदान गरिएको थियो।

त्यसैगरी, ग्लोबल आईएमई बैंकलाई ‘एक्सिलेन्स इन इएफटी कार्ड सर्भिसेस्’ तथा ‘एक्सिलेन्स इन मोबाइल बैंकिङ तथा अल्टरनेट च्यानल’ अवार्डबाट सम्मानित गरिएको थियो।

नबिल बैंक ‘एक्सिलेन्स इन डिजिटाइजिंग बिजनेस विथ कर्पोरेट पे’ अवार्ड प्राप्त गर्न सफल भएको छ। नेपाल सरकारको खर्च र राजस्वको कारोबार डिजिटाइज गर्न विशेष भूमिका निर्वाह गर्ने बैंक वित्तीय संस्थाको रूपमा राष्ट्रिय वाणिज्य बैंकलाई विशेष अवार्ड प्रदान गरिएको थियो।

त्यसैगरी नेपाल सरकारको विद्युतीय माध्यमबाट कारोबार गर्ने नीति अनुरुप गत आर्थिक वर्षमा एनसिएचएल प्रणाली मार्फत सरकारी कारोबारलाई डिजिटाइजेसन गर्न खेलेको विशेष भुमिकालाई सम्मान गर्दै राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागलाई पनि विशेष अवार्ड प्रदान गरिएको थियो।

सरकारी कारोबार बाहेक सबैभन्दा बढी कारोबार गरी सम्मानित हुने वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र भुक्तानी सेवा सञ्चालक/भुक्तानी सेवा प्रदायकमा क्रमशः ग्लोबल आईएमई बैंक, ज्योति विकास बैंक, गुडविल फाइनान्स र खल्ती प्राइभेट लिमिटेड रहेका थिए।

कार्यक्रममा एनसिएचएलका पूर्व अध्यक्ष सुमन जोशीलाई वि.सं. २०६६ माघ १० गतेदेखि २०६८ मंसिर ८ सम्म एनसिएचएलको सञ्चालक समितिको अध्यक्षको रूपमा रही संस्था सञ्चालनको लागि पुर्‍याउनु भएको अमूल्य योगदान तथा मार्गनिर्देशनलाई उच्च मूल्याकंन गर्दै गभर्नरबाट विशेष सम्मान पत्र प्रदान गरिएको थियो।

एनसिएचएल नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको इजाजतप्राप्त संस्था हो। एनसिएचएलमा ५३ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू सदस्यका रूपमा र १०० भन्दा बढी गैर–बैंक संस्थाहरू प्राविधिक सदस्यका रूपमा आबद्ध रहेका छन्।

प्रकाशित: २०८१ पुस ९ गते मङ्गलबार ०६:२५
प्रतिक्रिया

थप समाचार

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

कामना विकास बैंक २०औँ वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक...

आईसीटी अवार्डका लागि चार विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनोट

आईसीटी अवार्ड २०२६ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधाका ५० सेमिफाइनलिस्ट सार्वजनिक भएका छन्। अवार्डको ११औँ संस्करणका लागि प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको छनोट प्रक्रियामार्फत...

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना