काठमाडौंँ – मंकीपक्स संक्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत तनहुँका ३६ वर्षीय युवकको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले जानकारी दिए।
बिरामीको अवस्था सामान्य रहेको र कम्तीमा तीन साता एक्लै राखेर उपचार गर्नुपर्ने भएकाले त्यसैअनुसार गरिएको उनले बताए।
साउदी अरबबाट आएका ती युवकमा यही पुस ५ गते मंकीपक्स संक्रमण पुष्टि भएको थियो। त्यस दिनदेखि उनलाई उक्त अस्पतालमा राखेर उपचार गरिँदै छ।


