काठमाडौँ- चर्चित भारतीय गायक सोनु निगमले क्रिसमसको अवसरमा बुधबार बेलुका काठमाडौंमा भव्य सांगीतिक प्रस्तुति दिएका छन्।
बौद्धस्थित हायात रिजेन्सीको चौरमा कन्सर्ट भएको थियो।
कन्सर्टमा झन्डै १० हजार दर्शक सहभागी भएको आयोजक नेपाल टचको दाबी छ।
साँझ ७:३० मिनेट जाँदा स्टेज चढेका निगमले ब्यान्डसहित प्रस्तुति दिएका थिए।
निगम बिहीबार बेलुका नयाँदिल्ली फर्किने कार्यक्रम छ।













