काठमाडौँ- देशभरका स्थानीय तहको अधिकांश वेबसाइटमा समस्या आएको छ।
काठमाडौं महानगरपालिकासहित केही पालिकाको वेबसाइट चलेपनि अधिकांश वेबसाइटमा समस्या आएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले जानकारी दिए।
वेबसाइट नचल्दा स्थानीय तहहरुले प्रकाशित गर्ने सूचना, जानकारीसहित विभिन्न प्रशासनिक र सामाजिक सुरक्षाको सेवाहरुसमेत असर परेको छ।
पछिल्लो समयमा स्थानीय तहको वेबसाइटहरुमा लगातार समस्या आइरहेको छ।


