काठमाडौँ- भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनपछि नेपालका हालका प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पुरानो संवाद सम्झिएका छन्।
सिंहलाई श्रद्धाञ्जलि अर्पण गर्न फेसबुक पोस्ट गर्दै ओलीले यस्तो उल्लेख गरेका हुन्। सिंह र आफूबीच भएको भेटवार्ताको पुरानो तस्बिर पनि सार्वजनिक गरेका छन्।
नेपाल र भारतको आपसी हितका विषयमा सिंहसँग भएको भेटवार्तामा भएका संवाद आफूले सम्झिएको उनको स्टाटसमा लेखिएको छ।
‘मित्रराष्ट्र भारतका पूर्वप्रधानमन्त्री, प्रतिष्ठित अर्थशास्त्री, मेरा मित्र डा मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ,’ ओलीले फेसबूकमा लेखेका छन्, ‘नेपाल र भारतको आपसी हितका विषयमा उहाँसँग भएका संवादहरू सम्झिरहेको छु। दिवंगत सिंहप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।’


