काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको उद्योग तथा व्यापार विभागमा सदस्यहरू मनोनयन गरेका छन्।
कांग्रेस केन्द्रीय कार्यालयले एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले विभागमा सदस्यहरूलाई मनोनयन गरेको जानकारी दिएको हो।
पछिल्लो पटक मनोनित सदस्यमा खगेश्वर बोहरा, कञ्चनपुर, मीनबहादुर भण्डारी, जुम्ला, ध्रुव खड्का, काठमाडौं र जमसेर अलि मियाँ, कपिलवस्तु छन्।
यस्तै सिताराम परियार, काभ्रेपलाञ्चोक, शम्भुहरि बाँस्तोला, सोलुखुम्बु, संजिव घिमिरे, झापा, जुनु गुरुङ, लम्जुङ पनि विभागको सदस्यमा मनोनयन भएका छन्।
यसैगरी विजयकुमार सिंह, रौतहट र राजीव श्रेष्ठ, काठमाडौं पनि विभागका सदस्य बनेका छन्।
विभागको प्रमुखमा पार्टीका केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ छन्।
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम विभागको सदस्यमा मनोनयन गरिएको कांग्रेसको भनाइ छ।



