धनकुटा- बालिका बलात्कार गरेको आरोपमा धनकुटाबाट एक जनालाई पक्राउ परेका छन्। चौबिसे गाउँपालिका–२ का २५ वर्षीय मेखबहादुर लिम्बू पक्राउ परेका हुन्।
लिम्बूले १४ वर्षीया बालिकालाई फकाएर चौबिसे–६ कै राजारानीस्थित होटेलमा लगेर पुस ८ गते बलात्कार गरेको उजुरीका आधारमा लिम्बू पक्राउ परेका हुन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


