काठमाडौँ- नेपाल टेलिकमले भारतमा कल गर्दा लाग्ने महसुल दरमा परिवर्तन गरेको छ।
एक्सेस कोड १४२४ को प्रयोग गरेर हुने बाह्यगमन कलको नयाँ महसुल दर निर्धारण गरिएको कम्पनीले जानकारी दिएको हो।
पुस १५ गते राति १२ बजेदेखि लागु हुनेगरी एक्सेस कोड १४२४ को महसुल दर करबाहेक प्रतिमिनेट ३.७६ रूपैयाँ कायम गरिएको टेलिकमले जनाएको छ।
साथै एक्सेस कोड १४२४, १४२५ र १४४५ को प्रयोग गरेर भारतमा हुने बाह्यगमन कलको पल्स दर ६० सेकेन्ड निर्धारण गरिएको छ।


