काठमाडौँ – नेकपा एमालेबाट निकालिएका नेता भीम रावलले आज नयाँ पार्टी घोषणा गर्ने भएका छन्।
रावलले बुधबार दिउँसो एक बजे काठमाडौंको कार्की बैन्क्वेटमा पत्रकार सम्मेलन गर्न लागेका हुन्।
रावललाई गत १० पुसमा एमालेले पार्टीको संगठित सदस्यबाट हटाएको थियो। त्यसपछि पार्टी गठनको तयारीमा जुटेका रावलले राजनीतिक भेटवार्तालाई तीव्रता दिइरहेका छन्। रावलले विभिन्न पार्टीबाट अन्यायमा परेकाहरूलाई समेटेर देशभक्त समाजवादी पार्टी बनाउने तयारी गरेका हुन्।


