काठमाडौँ- नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारी गरिरहेका वामदेव गौतमले पछिल्ला छलफलहरू सकारात्मक भएको बताएका छन्।
बुधबार एकीकृत समाजवादीको पार्टी कार्यालयमा भएको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।
भीम रावलजी के गर्नुहुन्छ भन्ने मलाई थाहा छैन। माधव जी र म एकजुट हुने भइयो नि त। माधवजीले नै भीम रावललाई के गर्ने गर्नुहोला, मलाई थाहा भएन,’ पत्रकारसँग कुरा गर्दै उनले भने।
दुई नेताहरूको छलफल सकारात्मक भएको र चाँडै निर्णय आउने पार्टीका उपाध्यक्ष जगन्नाथ खतिवडाले बताए।


