काठमाडौँ- बिहीबार दिउँसो काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ।
दिउँसो १ बजेर २ मिनेटमा सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर ४.८ म्याग्निच्यूडको भूकम्प गएको हो। सोही भूकम्पको धक्का काठमाडाैँमा महसुस भएको हो।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ज्यामिरेबाट दुई किलाेमिटर पर माझीटारलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।


