काठमाडौँ – आहुति (विश्वभक्त दुलाल) महासचिव रहेको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालको प्रथम राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुने भएको छ।
काठमाडौँको भृकुटीमण्डपमा विशाल जनप्रदर्शन गर्दै आज प्रथम राष्ट्रिय सम्मेलन सुरु गर्न लागेको पार्टीले जनाएको छ।
र्यालीसहित हुने प्रारम्भ सभा कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यवाहक महासचिव सीपी गजुरेल, नेकपाका महासचिव विप्लव र नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोलासहित आयोजक पार्टीका तर्फबाट महासचिव आहुति र केन्द्रीय सदस्य हीरादेवी दासले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ।
सम्मेलनअन्तर्गत दुई दिनको बन्द सत्र भने भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा सम्पन्न हुने पार्टीले जनाएको छ।


