काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले बेलायतको संसद् (वेस्ट मिनस्टर) मा संबोधन गर्ने भएका छन्।
उनले यही १३ जनवरी २०२५ का दिन संसद् भवनभित्र आयोजना गरिने एक विशेष कार्यक्रममा सम्बोधन गर्ने जनाइएको छ।
संसदको त्यो कार्यक्रममा बेलायतका एसिया मामिला हेर्ने विदेश राज्यमन्त्रीस उद्योग, व्यापार तथा वाणिज्य मन्त्रीका साथै वेलायती सांसदहरूको उपस्थिति रहनेछ।
नेता कोइराला बेलायतको एसिया मामला हेर्ने विदेश राज्यमन्त्री क्याथराईन वेष्ट र उद्योग व्यापार वाणिज्य मन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा यही जनवरी ९ मा त्यसतर्फ जाँदै छन्।
वेलायतको संसद् भवनभित्र यसरी त्यहाँका मन्त्री र सांसदलाई सम्बोधन गर्ने अवसर पाउने कोइराला पहिलो नेपाली नेता बन्नेछन्।


