काठमाडौँ – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी छ।
ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बिहान ११ बजे बस्ने बैठकमा केन्द्रीय सदस्यहरुले राजनीतिक र सांगठानिक प्रतिवेदनमाथि आ-आफ्नो धारणा राख्ने एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
‘हिजो आफ्नो धारणा राख्न बाँकी केन्द्रीय सदस्यहरूले प्रतिवेदनमाथि आ–आफ्नो धारणा राख्नुहुने छ,’ उनले भने, ‘त्यसपछि केन्द्रीय सदस्यको रायसहितको निष्कर्ष प्रस्तुत गरिनेछ।’
आइतबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले सांगठानिक प्रतिवेदन पेस गरेका थिए। प्रतिवेदनमाथि आइतबार २७ जना केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राखेका थिए।


