नयाँदिल्ली- भारतको छत्तीसगढअन्तर्गत बिजापुरमा नक्सलवादीको आक्रमणमा परी ९ जनाको मृत्यु भएको
८ जना सेनाका जवान र एक जना चालकको मृत्यु भएको आजतकको समाचारमा उल्लेख छ।
जवान सवार गाडीमा नक्सलवादीले आईईडी विस्फोट गराएका थिए।
विस्फोटमा परेको गाडी टुक्राटुक्रामा परिणत भएको छ।
नक्सलवादीविरुद्ध सेनाले अपरेसन तीव्र बनाइरहेका बेला नक्सलवादीकै आक्रमणमा सेना परेको हो।


