काठमाडौं – नेकपा (एमाले) कैलालीको गोदावारी नगरकमिटीका सदस्य कल्पनाकुमारी विकसहित ४६ जनाले संयुक्त रूपमा पार्टी छाडेको घोषणा गरेका छन्।
एमालेमा बस्दा पटक-पटक अपमानित र अपहेलित हुनुपरेको भन्दै उनीहरूले संयुक्त रूपमा राजीनामा दिएका हुन्। माओवादी पृष्ठभूमिका उनीहरू एमाले र माओवादी मिलेर बनेको नेकपा विभाजनपछि एमालेमै थिए।
तत्कालीन माओवादीले गरेको जनयुद्धलाई इन्कार गर्न नसकिने र अहिलेको गणतन्त्र, संघीयता, समावेशिता सबै जनयुद्धकै जगमा आएको निष्कर्षसहित उनीहरू एमालेबाट बाहिरिएका हुन्।
एमाले महासचिव शंकर पोखरेल र केही नेताहरूले जनयुद्धबारे लगातार प्रहार गरेपछि यहाँभित्र बसिरहन आवश्यक नठानेको उनीहरूले राजीनामा पत्रमा लेखेका छन्।







