काठमाडौँ- शनिबार कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। दुवै प्रदेशका केही स्थानमा वर्षाको सम्भावना पनि रहेको महाशाखाको अनुमान छ।
तराई तथा उपत्यकामा भने धेरै स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने महाशाखाले बताएको छ।
त्यस्तै कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पनि जनाइएको छ।


