काठमाडौँ- नेपाल एकीकरण गर्ने राजा पृथ्वीनारायण शाहको दाहसंस्कार गरिएको स्थानमा बनाइएको शालिकमा माल्यार्पण गरिएको छ।
तादी र त्रिशूली नदीको सङ्गमस्थल नुवाकोटको देवीघाटमा रहेको पृथ्वीनारायणको शालिकमा बागमती प्रदेशका मुख्यमन्त्रीसमेतले माल्यार्पण गरिएको छ।
पृथ्वीनारायणको विसं १८३१ माघ १ गते निधन भएको थियो। विसं १७७९ पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायणले आफ्नो शासनकालमा वर्तमान नेपालको एकीकरण प्रारम्भ गरेका थिए।
राजा पृथ्वीनारायणको दाहसंस्कार गरिएको ढुङ्गा पनि सुरक्षित राखिएको छ। साथै उनको शालिकसहितको पार्कसमेत निर्माण गरिएको छ।
आभाष रिजालले देवीघाटमा खिचेका तस्बिरहरू









