२०८३ कार्तिक १८ गते मङ्गलबार

अस्थिरताको चक्र तोड्नका लागि सबै दल गम्भीर हुन आवश्यक छ : एनपी साउद

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस २७
np_saud1

कपिलवस्तु- नेपाली कांग्रेसका नेता एनपी साउदले संविधानमा रहेका छिद्र (लुप होल)का कारण देखिएको अस्थिरताको चक्र तोड्नका लागि सबै राजनीतिक दलहरूले गम्भीर भएर समीक्षा गर्न आवश्यक रहेको बताएका छन्।

कांग्रेस कपिलवस्तुले शनिबार आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य साउदले राजनीतिक अस्थिरताको चक्र तोड्ने उपाय संविधान संशोधन भएको बताए।

‘संविधानमा नै हामीले सरकार स्थिर रहोस् र सरकारबिहीनताको स्थिति नहोस् भन्ने प्रावधानहरु राखेका थियौँ। तर, केही लुपहोल्सका कारण अस्थिरता नियन्त्रण हुन सकिरहेको छैन,’ उनले भने, ‘अब यो अस्थिरताको चक्रलाई तोड्नका लागि सबै राजनीतिक दलहरु गम्भिर भएर समीक्षा गर्न जरुरी छ। यसको समाधानको उपाय भनेको संविधान संशोधन हो।’

पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका नेता साउदले संविधानलाई उन्नत बनाउने विषयमा राष्ट्रिय सहमति कायम गरेर परिणाम आउने गरी काम गर्नुपर्नेमा जोड दिए। ‘अब यसलाई कसरी उन्नत बनाउने भन्ने विषयमा गहन छलफल गरी राष्ट्रिय सहमति कायम गरेर परिणाम आउने गरी काम गर्नुपर्दछ,’ उनले भने।

ठूला दलहरु मिलेर सरकार गठन हुँदासमेत स्थिरताको ग्यारेन्टी गर्न नसकिएको भन्दै नेता साउदले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना अभिव्यक्तिमा संवेदनशील हुनुपर्नेमा जोड दिए।

‘सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी ओलीले आफ्ना अभिव्यक्तिमा संवेदनशील हुन जरुरी छ,’ साउदले भने, ‘सहमतिविपरितका अभिव्यक्तिले गठबन्धनको जगलाई असर गर्न सक्छ। यसले समग्र मुलुकको राजनीति फेरि अस्थिरताको बाटोमा जान्छ कि भन्ने संशय जनतामा पैदा भएको छ।’

उनले पालिका, प्रदेश र संघीय सरकारमा पार्टीका तर्फबाट सहभागी जनप्रतिनिधिहरूलाई जनताको पक्षमा निर्धक्कसँग काम गर्न आग्रह गरे। साउदले निर्वाचन अगाडिको गठबन्धनलाई परिणामका आधारमा मूल्याङ्कन गर्नुपर्ने पनि बताए।

‘निर्वाचन अगाडिको गठबन्धनलाई परिणामका आधारमा मूल्याङ्कन गर्नुपर्छ। स्थानीय तह र वडा तहका विषयलाई केलाएर हेर्ने हो भने पार्टीलाई केही नोक्सान भएको छ,’ उनले भने, ‘तर, समग्र देशमा भएको निर्वाचनको परिणामलाई हेर्ने हा भने गठबन्धन सर्वथा गलत भन्नु उपर्युक्त हुन सक्दैन।’

प्रकाशित: २०८१ पुस २७ गते शनिवार ०६:४१
प्रतिक्रिया

थप समाचार

एडीबीको ३७ अर्ब ९२ करोड ऋण लिने सरकारको निर्णय, मन्त्रिपरिषद्ले अन्य के निर्णय गर्‍यो?

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले  सडक सुधारका लागि उक्त सहुलियतपूर्ण ऋण लिने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए। यस्तै २० मिलियन अमेरिकी डलर बराबरको...

काठमाडौँ आइपुगे नेपालका लागि नवनियुक्त भारतीय राजदूत दलेला

काठमाडौँ: नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला कार्यभार सम्हाल्न मंगलबार काठमाडौं आइपुगेका छन्। भारतको दूतावासका अनुसार दलेला आज काठमाडौं आइपुगेका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय...

सरकारको कार्यशैलीमाथि गगन थापाले उठाए प्रश्नै प्रश्न

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न...

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना