काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसमेत प्रतिवादी रहेको मुद्दामा थुनछेक बहस सुरू भएको छ।
काठमाडौं जिल्ला अदालतमा लामिछानेको बहस सरू भएको हो।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन मुद्दामा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बिहान ११ बजेदेखि बहस सुरू भएको हो।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका ११ जना सरकारी वकिलले बहस गर्ने कटुवालले जानकारी दिएका छन्।
सरकारी वकिलले बहस सकेपछि प्रतिवादी पक्षका वकिलहरूले बहस गर्नेछन्।
सोमबार दुवै पक्षको बहस र जबाफी बहस सकिएको खण्डमा न्यायाधीशले आदेश गर्नेछन्।


