२०८३ कार्तिक २६ गते बुधबार

इजरायल र हमास युद्धविराम सम्झौताको नजिक, विपीन जोशी कहिले फर्केलान्?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ १
bipin
हमासले बन्धक बनाएका नेपाली युवा विपीन जोशी।

इजरायल र हमासबीच गाजामा जारी युद्ध रोक्न र हमासले बनाएका बन्धकहरूको रिहाइका लागि सम्झौता हुने अन्तिम तयारी भएको छ।

युद्धविरामका लागि भइरहेको वार्ताको अनुगमन गरिरहेका प्यालेस्टिनी अधिकारीले युद्धविरामको सम्झौता हुन लागेको जानकारी दिएको भन्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले उल्लेख गरेका छन्।

प्यालेस्टाइनी अधिकारीहरूले युद्धविरामसम्बन्धी सम्झौताका विषयमा भएको प्रगतिबारे जानकारी दिनुअघि नै अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धविरामसम्बन्धी सम्झौता अन्तिम चरणमा पुगेको बताएका थिए। बाइडेन प्रशासनले यस विषयमा लगनशीलताका साथ काम गरिरहेको बताएका छन्।

समाचार एजेन्सी रोयटर्सलाई एक इजरायली अधिकारीले दिएको अन्तर्वार्तामा युद्धविरामसम्बन्धी सम्झौता ‘अन्तिम चरण’मा पुगेको बताएका छन्। उनले चाँडै नै यससम्बन्धी सम्झौतामा हस्ताक्षर हुन सक्ने बताएका छन्।

युद्धविरामसम्बन्धी सम्झौताकै विषयमा बाइडेनले आइतवार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र सोमबार वार्ताको मध्यस्थता गरिरहेका कतारका शेख तमिम बिन हमाद अल थानीसँग कुरा गरेका थिए।

प्यालेस्टिनी अधिकारीले बीबीसीलाई दिएको जानकारी अनुसार हमास र इजरायली अधिकारीहरूले सोमबार वार्ता गरेका थिए। ‘यस विषयमा विस्तृत प्राविधिक विषयमा छलफल गर्न धेरै समय लागेको छ,’ ती अधिकारीले बीबीसीसँग भनेका छन्। मंगलवार नै युद्धविराम सम्झौता हुन सक्ने आकलन गरिएको छ।

सम्झौताको पहिलो दिन हमासले तीन जना बन्धकहरूलाई रिहा गर्ने र त्यस लगत्तै इजरायलले आफ्ना सेना फिर्ता गर्न थाल्नेमा दुवै पक्ष सहमत छन्।

सम्झौताको ७ दिन पछि हमासले थप चार जना बन्धकहरूलाई रिहा गर्नेछ भने इजरायलले दक्षिणबाट विस्थापित मानिसहरूलाई उत्तरमा फर्कन अनुमति दिनेछ। तर पैदल यात्राबाट मात्र यसरी फर्कन अनुमति दिनेमा दुवै पक्ष सहमत छन्।

यसका साथै गाडा र ट्रकलाई पनि अनुमति दिन सकिनेछ। तर यसको निगरानी भने कतार र इजिप्टको प्राविधिक सुरक्षा टोलीद्वारा सञ्चालित एक्स–रे मेसिनबाट हुनेछ।

युद्धविराम सम्झौतामा इजरायली सेनाहरू फिलाडेल्फिया कोरिडोरमा रहने र ४२ दिनको पहिलो चरणमा पूर्वी र उत्तरी सिमानामा ८ सय मिटरको बफर जोन कायम राख्ने प्रावधान समावेश गरिएको छ।

सम्झौतामा इजरायलले १५ वर्ष वा सोभन्दा बढी समयदेखि सजाय भुक्तान गरिरहेका १९० जनासहित एक हजार प्यालेस्टिनी बन्दीलाई रिहा गर्ने विषय पनि समावेश छ। यसको परिपूरणका रूपमा हमासले ३४ बन्धकहरूलाई रिहा गर्नेछ।

यस युद्धविराम सम्झौताको दोस्रो र तेस्रो चरणको वार्ता पहिलो चरणको १६औं दिनबाट सुरु हुने पनि समझदारी बनेको छ।

हमासले बन्दी बनाएका इजरायली-अमेरिकी युवाका बुबाले जोनाथन डेकेल चेनले आफ्नो छोरा बन्धक बनेको दिनदेखि आतंकमा बाँचिरहेका बताएका छन्।

युद्धविराम सम्झौताको नजिक पुगेको रिपोर्टहरू बीच, ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले ‘यस हप्ता’ सम्झौता हुनसक्ने बताएका छन्। यो राष्ट्रपति जो बाइडेनको कार्यालयमा अन्तिम हप्ता हो। जनवरी २० मा अमेरिकाको नयाँ राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पले कार्यभार सम्हाल्दैछन्।

जेक सुलिभानले बाइडेनले इजिप्टका राष्ट्रपति अब्दुल फताह अल-सिसीसँग वार्ता गर्न लागेको बताएका छन्। यसै सम्झौताको वातावरण तयार गर्न अमेरिकी ट्रम्पका प्रतिनिधि स्टिभ विटकफ पनि दोहामा छन्।

यसअघि नै ट्रम्पले जनवरी २० मा आफूले पदभार सम्हाल्नुअघि नै बन्धक रिहा नगरिए कडा रूपमा प्रस्तुत हुने चेतावनी दिएका थिए।

इजरायलका विदेशमन्त्री गिडोन सारले पत्रकारहरूसँग कुरा गर्दै हमाससँगको वार्तामा प्रगति भएको जानकारी दिएका छन्।

इजरायली राष्ट्रपति नेतान्याहुले भने सम्भावित सम्झौताबारेमा सत्तारूढ गठबन्धनभित्रबाटै कडा विरोधको सामना गरिरहेका छन्।

नेतान्याहुको लिकुड पार्टीका १० सदस्यहरूले उनलाई युद्धविरामको विरोध गर्दै पत्र पठाएका छन्।

यता युद्धविरामको सम्झौताबारे तयारी भइरहँदा उता गाजामा सोमबार मात्रै इजरायली आक्रमणमा परी ५० भन्दा बढी व्यक्तिको मृत्यु भएको बताइएको छ।

हमासले ७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा आक्रमण गरेपछि सुरु भएको यो युद्धलाई रोक्ने प्रयासले हालसम्मकै ठूलो आशा फर्काएको छ। अक्टोबर ७ को हमास हमलामा १ हजार २०० मानिस मारिएका थिए र हमासले अन्य २५१ जनालाई बन्धक बनाएका थिए।

जवाफमा इजरायलले गाजामा हमासविरुद्ध सैन्य आक्रमण सुरु गरेको थियो। गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार यी आक्रमणमा ४६ हजार ५०० भन्दा बढी प्यालेस्टाइनी मारिएका छन्।

इजरायलले गाजामा अझै ९४ जना बन्धक रहेको र ३४ जनाको मृत्यु भएको आशंका गरेको छ।

अक्टोबर ७ को आक्रमणमा परी १० जना नेपाली विद्यार्थीले पनि ज्यान गुमाएका थिए भने कञ्चनपुरका विपीन जोशीलाई हमासले अझसम्म पनि बन्धक बनाएको छ। विपीन सकुशल रहेको उनी फर्कने विश्वासमा नेपाली पक्ष छ।

परराष्ट्रमन्त्री आरजु राणाले हमासको अपहरणमा परेका विपीन जोशी सकुशल रहेको बताएकी छन्। सोमबार संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री राणाले उक्त कुरा बताएकी हुन्।

‘विपीन भाइ सकुशल हुनुहुन्छ,’ संसदीय समितिको बैठकमा उनले भनिन्, ‘उहाँ फर्केर आउनुहुन्छ भन्ने ढुक्क छु।’

यो विषयमा कतारको राजदूतसँग फोनमा कुरा भएको जानकारी उनले समितिलाई दिइन्। राजदूतले त्यहाँका परराष्ट्रमन्त्रीसँग कुरा गराउने आश्वासन दिएको पनि उनको भनाइ छ।

‘कतारको राजदूतसँग फोनमा कुरा गरे। त्यहाँको परराष्ट्रमन्त्रीलाई कुरा राख्छु भन्नुभएको छ,’ उनले भनिन्, ‘भोलि कतारको परराष्ट्र मन्त्रीसँग फोनमा कुरा गराउँछु भन्नुभएको छ। मलाई कुरा हुने आशा छ।’

सुदूरपश्चिम विश्वविद्यालयको कृषि तथा विज्ञान संकायमा अध्ययनकै क्रममा ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत जोशी इजराइल गएका थिए।

त्यतिबेला विश्वविद्यालयबाट ४९ जना विद्यार्थी इसराइल पुगेका थिए भने विपीनलगायत १७ जना एउटै फार्ममा काम गर्थे। १० जना हमास आक्रमणमा परी मारिए।

हमासले गोली बर्साउन थालेपछि विपीन साथीहरूसँग बंकरभित्र लुकेर बसेका विपीनले बंकरमा हमासले हानेको ग्रिनेड मान्छे नभएकातिर फ्याँकिदिएको भनेर नेपाल फर्किएकाहरूले बताएका थिए।

पछि हमासले बंकरभित्रै पुगेर गोली चलाई विपीनलाई तानेर लगेको नेपाल फर्किएका उनकै ब्याचका विद्यार्थीहरूले बताएका छन्।

गत वर्ष मंसिर ३ गते इसराइली सैनिकले ट्विटरमा एक भिडियो सार्वजनिक गर्दै विपीन जीवितै रहेको बताएको थियो। भिडियोमा दुई जना बन्धकलाई हमासका लडाकुले उपचार कक्षमा लैजाँदै गरेको दृश्य थियो।आइडिएफले ती दुईमध्ये एक नेपाली रहेको भनेको थियो।

नेपालका लागि इजरायली राजदूत शमुलिक ए. वासले मंसिर २० गते जोशी गाजा क्षेत्रमै रहेको सूचना पाएको र उनी सकुशल फर्कने सूचना आफूहरूले पाएको बताएका थिए।

‘विपीन जोशी जीवितै रहेको सूचना हामीले पाएका छौं,’ वासले पत्रकारहरुसँग भनेका थिए, ‘उनी छिट्टै काठमाडौँ फर्किनेछन्।’ विपीनलाई राखिएको ठाउँ भने पहिचान नभएको उनको भनाइ थियो।

हमासले विपीनसहित २ सय ५१ जनालाई बन्धक बनाएर गाजा क्षेत्र लगिएको थियो। त्यसमध्ये दुई पटक भएको युद्धविराममा १ सय ५ जना रिहा भएका छन्। ८ जनालाई इजराइली सेनाले उद्धार गरेको छ। बन्धकमध्ये ३४ जनाको शव गाजा क्षेत्रमा भेटिएको थियो।

-बीबीसीलगायतको सहयोगमा

‘सरकारले अलि बढी पहल गरिदिए हमासको कब्जाबाट विपिन छुट्थ्यो कि!’

प्रकाशित: २०८१ माघ १ गते मङ्गलबार १०:५६
प्रतिक्रिया

थप समाचार

उज्यालो चाँडको अँध्यारो विछोड: तिहारको रमझमबीच विदेशिनेको लर्को [फोटोफिचर]

बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँदछ लाखौँका लागि उजाड छ यो देश मुट्ठीभरलाई त स्वर्ग छ ! पञ्यायतकालिन जनताका दु:ख समेटेर लेखिएको जेबी टुहुरेको यो गीत आज पनि उत्तिकै सान्दर्भिक छ। देशमा...

कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन, चार लाखभन्दा बढी आम्दानी

बाँके: कृषिमा स्नातक पढ्दै गरेका तीन युवाले नेपालगन्जमा व्यावसायिक फूलखेती गरेर तिहारका लागि ११ क्विन्टल फूल उत्पादन गरी बेचबिखन गरेका छन्। त्यसबाट उनीहरूले फूल बिक्री गरेर रु चार लाखभन्दा...

नवलपुरमा २०४ उद्योग थपिए

नवलपरासी: नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा चालु आर्थिक वर्ष २०८३/८४ मा २०४ वटा नयाँ उद्योग तथा वाणिज्य फर्म थपिएका छन्। यही कात्तिक १३ गतेसम्म जिल्लामा ९२ वटा नयाँ उद्योग तथा ११२ वटा नयाँ वाणिज्य...

भाइटीकाको शुभसाइत कति बेला? कता फर्किने?

काठमाडौँः नेपाली तथा हिन्दु धर्मावलम्बीहरूको ठूलो पर्व दीपावलीको आज अन्तिम दिन भाइटीका मनाइँदैछ। यमपञ्चकको पाँचौँ दिन अर्थात् कार्तिक शुक्ल द्वितीयाका यमुनाले आफ्ना दाजु यमराजलाई विशेष...

‘नरमाइलो’ लाग्छ तिहार

‘टिभीमा तिहारका गीत बज्दा आँखाबाट आँसु आउन थाल्छ, च्यानल बदलिहाल्छु,’
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
foto
कर्पोरेट

सानिमा ग्रुपले सञ्चालन गरिरहेको तल्लो लिखु जलविद्युत आयोजना पाँचौं वर्षमा

काठमाडौं। सानिमा ग्रुपले निर्माण तथा सञ्चालन गरिरहेको २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनाले व्यावसायिक विद्युत उत्पादन सञ्चालनको चार वर्ष पूरा गरी पाँचौँ वर्षमा प्रवेश गरेको छ। आयोजना...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना