काठमाडौँ- अभिनेत्री तथा अभियन्ता आशिका तामाङ पक्राउ परेकी छन्।
नेपाल प्रहरी उनलाई बुधबार दिउँसो स्वयम्भुबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी बसन्त रजौरेले तामाङलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा नियन्त्रणमा लिइएको पुष्टि गरे।
उनलाई थप अनुसन्धानका लागि गौशाला प्रहरी वृत्तमा लगिएको छ।
तामाङको टिमले सार्वजनिक निकायमा भइरहेका बेतिथिका विषयमा प्रश्न उठाउँदै आएकी थिइन्।
केही दिनअघि अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिमा पुगेकी उनी र त्यहाँका कर्मचारीबीच वादविवाद भएको थियो।


