काठमाडौँ– प्रतिनिधि सभाअन्तर्गत कानुन, न्याय तथा मानव अधिकार समिति अन्तर्गतको उपसमितिले विवाह गर्न पाउने उमेरलाई १८ वर्षमा झार्न सुझाव दिएको छ।
मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा अध्ययन तथा अनुगमन गरेपछि उपसमितिले यस्तो सुझाव दिएको हो।
मुलुकी देवानी संहिता, २०७४ को दफा ७० को उपदफा १ (घ) मा विवाह गर्ने उमेर २० वर्ष रहेको छ।


