काठमाडौँ – लेखक तथा पत्रकार श्रीधर खनाल ‘दीर्घबाहु’को निधन भएको छ।
बिहीबार बिहान पौने ३ बजे उनको निधन भएको उनका छोरा ब्रजेश खनालले जानकारी दिए। दीर्घबाहु नेपालको पहिलो जासुसी उपन्यासकार हुन्। नेपाल आँखा अस्पतालका आजीवन संस्थापक सदस्य रहेका ९४ वर्षीय दीर्घबाहु दुई पटक त्रिभुवन विश्वविद्यालयको प्राज्ञसभा सदस्य भएका थिए।
२०२२ सालमामा ‘शब्दभेदी लडाइँ’ उपन्पयास प्रकाशित गरेका उनका ‘मुर्कट्टा लास’, ‘छ औंले मान्छे’, ‘पानको गुलाम’, ‘डाक्टर डेमन’ तथा डिटेक्टिभ कमलराज रुपाखेती सिरिजमा ‘मेजरको सर्प’, ‘बिखालु इच्छापत्र’, ‘बाह्र बजेको घण्टी’, ‘भेनसका हिप्पीहरू’ र ‘नाङ्एिकी सुन्दरी’लगायत जासुसी उपन्यास छन्।
त्यसबाहेक ‘हङकङको व्यापारी’ ‘हेलम्बुकी अप्सरा’ र ‘गुलाफी पिन’, ‘बज्रजोगिनीको खजाना’ पनि प्रकाशित भएका थिए। उनको पार्थिव शरीरलाई बिहीबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ।


