२०८३ कार्तिक २६ गते बुधबार

बलिदानी दिवसमा नेताहरूले सम्झिए मधेस आन्दोलनका सहिद

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ ५
madhesh-sahid

काठमाडौँ – तराई–मधेस लोकतान्त्रिक पार्टी नेपालले १८ वर्षअघि भएको मधेस-आन्दोलनमा जीवन उत्सर्ग गर्ने योद्धाका योगदानको स्मरण गर्दै बलिदानी दिवस मनाएको छ।

पार्टी केन्द्रीय कार्यालय बबरमहलमा आज आयोजित कार्यक्रममा पार्टीका उपाध्यक्ष श्याम गुप्ता तथा महासचिवद्वय डा. सुरेन्द्र झा र मनिष मिश्रलगायतका नेताहरूले मधेस आन्दोलनका सहिदको तस्बिरमा माल्यार्पण गरी उहाँहरूप्रति श्रद्धाञ्जली अर्पण गरे।

विसं २०६४ माघ ५ गते लहानमा भएको घटनामा रमेश महतोको निधन भएको र त्यसपछिका आन्दोलनमा ठूलो जनधनको क्षति भयो। त्यसक्रममा सरकार र तत्कालीन मधेसी जनअधिकार फोरमबीचको सहमतिपछि मुलुक सङ्घीयतातर्फ अघि बढेको उक्त पार्टीको दाबी छ।

सभामा उपाध्यक्ष गुप्ताले बहुजाति, बहुभाषा, बहुधर्म, बहुसंस्कृति र भौगोलिक विविधताले परिपूर्ण नेपाललाई सबै जातजातिको साझा फूलबारीका रुपमा अघि बढाउन राज्यले सबैलाई समान अधिकार र अवसर प्रदान गर्नुपर्ने आवश्यकता औँल्याए।

मधेसका आवाजलाई राज्यले अझै पूर्ण रूपमा सम्बोधन नगरेको आरोप लगाउँदै उनले भने, ‘सहिदहरूले जुन सपना बोकेर आन्दोलनमा होमिएका थिए, त्यसलाई साकार तुल्याउन संविधान संशोधनमार्फत अधिकारका विषयमा उठेका विषयबस्तु सम्बोधन गरिनुपर्छ।’

महासचिव डा. झाले अहिले मुलुकमा संविधान संशोधन बहस चलिरहेको सन्दर्भमा संविधान संशोधन पहिचान र सामाथ्र्यका आधारमा राज्यको पुनःसंरचना र अग्रगमनका लागि हुनुपर्ने आफ्नो दलको मान्यता रहेको बताए।

उनले भने, ‘संविधान संशोधन राज्यका सम्पूर्ण निकायमा समानुपातिक र समावेशी सिद्धान्त लागू गहुनुपर्छ। बहुलबाद र बहुदलीय शासन व्यवस्था संविधानको मर्म हो। त्यसको मर्म र भावनाविपरीत संशोधन हुन सक्दैन। हालको निर्वाचन प्रणालीमा केही दोष छैन।’

अर्का महासचिव मिश्रले राजस्व र विप्रेषणको मुख्य स्रोत रहेको तराई मधेसबाट संसद्मा जनसङ्ख्या र सामथ्र्यका आधारमा प्रतिनिधित्व कायम गर्दै नेपाललाई समावेशी राष्ट्र तुल्याउन संविधान सशोधन आवश्यक रहेको बताए।

उनले विभिन्न जातजाती, भाषा, समुदायको साझा पहिचान बोकेको नेपाललाई बलियो बनाउन समान हकअधिकारका प्रदान गरिनुपर्ने आवश्यकता औँल्याए।

आयोजक संस्था लोकतान्त्रिक विद्यार्थी सङ्घका अध्यक्ष रोशन मिश्रले मुलुकमा वर्तमान संविधान जारी भई सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थामा प्रवेश गरेपछि समानुपातिक र समावेशी सिद्धान्त कार्यान्वयनले राज्यका निकायमा विभिन्न जातजाति र समुदायका प्रवेशले आम युवा विद्यार्थीलाई उत्साहित तुल्याएको धारणा राखे।

पहिचान, सङ्घीयता र लोकतान्त्रिक समाजवादलाई आत्मसात गर्दै आएको तमलोपाका अध्यक्ष महन्थ ठाकुरसहित प्रतिनिधिसभामा चार र राष्ट्रियसभामा एक जना सदस्यको प्रतिनिधित्व छ।

प्रकाशित: २०८१ माघ ५ गते शनिवार ०५:१४
प्रतिक्रिया

थप समाचार

उज्यालो चाँडको अँध्यारो विछोड: तिहारको रमझमबीच विदेशिनेको लर्को [फोटोफिचर]

बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँदछ लाखौँका लागि उजाड छ यो देश मुट्ठीभरलाई त स्वर्ग छ ! पञ्यायतकालिन जनताका दु:ख समेटेर लेखिएको जेबी टुहुरेको यो गीत आज पनि उत्तिकै सान्दर्भिक छ। देशमा...

कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन, चार लाखभन्दा बढी आम्दानी

बाँके: कृषिमा स्नातक पढ्दै गरेका तीन युवाले नेपालगन्जमा व्यावसायिक फूलखेती गरेर तिहारका लागि ११ क्विन्टल फूल उत्पादन गरी बेचबिखन गरेका छन्। त्यसबाट उनीहरूले फूल बिक्री गरेर रु चार लाखभन्दा...

नवलपुरमा २०४ उद्योग थपिए

नवलपरासी: नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा चालु आर्थिक वर्ष २०८३/८४ मा २०४ वटा नयाँ उद्योग तथा वाणिज्य फर्म थपिएका छन्। यही कात्तिक १३ गतेसम्म जिल्लामा ९२ वटा नयाँ उद्योग तथा ११२ वटा नयाँ वाणिज्य...

भाइटीकाको शुभसाइत कति बेला? कता फर्किने?

काठमाडौँः नेपाली तथा हिन्दु धर्मावलम्बीहरूको ठूलो पर्व दीपावलीको आज अन्तिम दिन भाइटीका मनाइँदैछ। यमपञ्चकको पाँचौँ दिन अर्थात् कार्तिक शुक्ल द्वितीयाका यमुनाले आफ्ना दाजु यमराजलाई विशेष...

‘नरमाइलो’ लाग्छ तिहार

‘टिभीमा तिहारका गीत बज्दा आँखाबाट आँसु आउन थाल्छ, च्यानल बदलिहाल्छु,’
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
foto
कर्पोरेट

सानिमा ग्रुपले सञ्चालन गरिरहेको तल्लो लिखु जलविद्युत आयोजना पाँचौं वर्षमा

काठमाडौं। सानिमा ग्रुपले निर्माण तथा सञ्चालन गरिरहेको २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनाले व्यावसायिक विद्युत उत्पादन सञ्चालनको चार वर्ष पूरा गरी पाँचौँ वर्षमा प्रवेश गरेको छ। आयोजना...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना