काठमाडौँ – स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी हिरासतमै रहने भएका छन्।
आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका जोशीको थुनछेक बहस नसकिएकाले उनलाई हिरासतमै राखिने भएको हो
काठमाडौँ जिल्ला प्रहरी परिसकार एसपी नवराज अधिकारीका अनुसार भोलि उनलाई फेरि अदालतमा उपस्थित गराइने छ।
जोशीविरुद्धको पेशी न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासमा थियो। कास्की अदालतमा ८८ लाख धरौटी बुझाएर जोशी रिहा भएका थिए।


