काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाललाई फाइदा हुने क्षेत्रमा वैदेशिक सहयोग लिन सकिने बताएका छन्।
कांग्रेसको आर्थिक नीति तथा योजना विभागले बुधबार सानेपामा आयोजना गरेको नेपालमा बैदेशिक सहयोगको अर्थ राजनीति विषयक कार्यक्रममा सभापति देउवाले वैदेशिक सहयोगका बिषयमा बेला–बेला विरोध हुने गरेको भन्दै मुलुकको हितमा वैदेशिक सहयोग लिन सकिने बताएका हुन्।
विभिन्न निकायले नेपाललाई अनुदान दिने गरेको र केही ऋणसमेत अनुदानमा परिणत हुने गरेको धारणा राखेका थिए।
एमसीसी पास गर्ने बेलामा ठूलो विरोध भएपनि विरोध भएपनि अहिले राम्रो रहेछ भन्ने सबैले बुझ्दै गएको उनको भनाइ छ।
सभापति देउवाले नेपाल भारत र चीनको बीचमा रहेकाले त्यहाँको नीतिको असर पर्नु स्वाभाविक रहेको र त्यसले फाइदा र बेफाइदा दुवै हुने गरेको धारणा राखे।


